
काठमाडौं ।
रेडमी के६० सिरिज लामो समयदेखि चर्चामा रहँदै आएको छ। बिहिबार ब्रान्डले स्मार्टफोन सार्वजनिक गर्ने टाइमलाइन संकेत गर्ने टिजर जारी गरेको छ।
कम्पनीको आधिकारिक विइओ एकाउन्ट अनुसार रेडमी के६० सिरिजले अल्ट्रा हाई पर्फमेन्सलाई फोकस गर्नेछ। लाइनअपलाई पर्फमेन्स सिरिजको रुपमा डब गरिएको छ।
रेडमी के६० सिरिज २०२३ मा पहिलो नयाँ वर्षको उपहारको रुपमा आउने बताइएको छ। रिपोर्टका अनुसार रेडमी के६० २०२३ को जनवरीको पहिलो हप्ता सार्वजनिक हुनेछ। साथै डिसेम्बरको अन्त्यतिर ह्यान्डसेट सार्वजनिक हुने कुरालाई नकार्न नसकिने गिज्मोचाइनाले उल्लेख गरेको छ।
भेनिला रेडमी के६० मा नयाँ स्न्यापड्रागन ८ जेन २ चिप सेटले शक्ति प्रदान गर्नेछ। जबकि रेडमी के६० प्रोमा पुरानो स्न्यापड्रागन ८ प्लस जेन १ एसओसी र रेडमी के६०ईमा डाइमेन्सिटी ८२०० चिप हुनेछ।
एमआईयूआई कोडबेस अनुसार के६० र के६० प्रोले एन्ड्रोइड १३ मा आधारित एमआईयूआई १४ बुट गर्नेछ। जबकि के६०ई एन्ड्रोइड १२ मा आधारित एमआईयूआई १३सँग उपलब्ध हुनेछ।
रेडमी ६० सिरिजमा ६.६७ इन्चको डिस्प्ले १४४० वाई ३२०० पिक्सल र २०ः९ रेसियो रेट प्रदान गर्छ। ट्रिपल क्यामरा सेटअपमा ४८ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रावाइड र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ।
प्रकाशित: ७ पुष २०७९, बिहीबार