माग कम हुने अपेक्षामा एप्पल आईफोन एसई फोरको उत्पादन रद्द गरिने सम्भावना

  • Technology Khabar | ६ पुष २०७९, बुधबार
माग कम हुने अपेक्षामा एप्पल आईफोन एसई फोरको उत्पादन रद्द गरिने सम्भावना

काठमाडौं ।

एप्पलले विभिन्न मोडलहरुमा आईफोन बजारमा उपलब्ध गराउँदै आइरहेको छ। विगत केहि वर्ष यता एप्पलको आईफोन प्रो र आईफोन प्रो प्लस मोडलहरु सबैभन्दा चर्चित र लोकप्रिय हुँदै आईरहेका छन्। त्यसैगरी कम्पनीले आईफोनको मिड देखि लिएर लो भर्जनहरुमा धेरै एक्पेरिमेन्ट गरेतापनि अपेक्षा गरेअनुसारको लाभ लिन भने सकिरहेको थिएन।

मिङ–ची कुओको पछिले रिपोर्ट अनुसार आगामी एप्पल आईफोन एसई फोरको योजना कम्पनीद्वारा रद्द गर्ने सम्भावना रहेको उल्लेख गरेका छन्। अपेक्षा गरे अनुसारको माग नभएपछि उक्त मोडलको मास प्रोडक्सन २०२४ को लागि स्थगित गरिने अर्को सम्भावना पनि रहेको भनी कुओले उल्लेख गरेका छन्।

उक्त मोडल रद्द हुनुमा अर्को कारण फोनको फुल स्क्रीन डिजाईनलाई मानिएको छ। फोनको फुल स्क्रीन डिजाईनले गर्दा सामग्री लागत बढेको र त्यसले गर्दा बिक्री मूल्य पनि बढ्ने भएकोले उक्त मोडल रद्द हुन पुगेको बताइएको छ। विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेको अवस्थामा कम्पनीले नयाँ प्रोडक्टहरुको विकाशको दौरान लागत खर्च कम गरी बचत गरेको खण्डमा पछि गएर कम्पनीलाई नै फाइदा हुने भनेर थप उल्लेख गरिएको छ।

आईफोन एसई फोर मोडल लगायत कम्पनीको अन्य प्रोडक्टहरुले पनि अपेक्षा गरेअनुसार बिक्री-व्यापार गर्न नसकेको बताइएको छ। एप्पलको आईफोन १३ मिनी र आईफोन १४ प्लस को पनि बजारमा कम्पनीले आशा गरेको भन्दा ज्यादै न्यून माग रहेको  छ। आईफोन १४ प्लस को बजारमा माग नभएपछि क्युपर्टिनोको कम्पनीले उक्त १४ प्लस मोडलको उत्पादन कटौटी गरि आईफोन १४ प्रो को माग उच्च भएकोले प्रो मोडलहरुको उत्पादनमा वृद्धि गरेको थियो।

फ्ल्यागसिप किलर स्मार्टफोनको रुपमा चिनिन थालेको आईफोन एसई फोरमा आईफोन एक्सआरको ६.१ इन्चको ७२०पी एलसीडी डिस्प्ले समावेश गरिएको छ। त्यस्तै आईपी ६७ रेटिङको साथै २० वाटको फास्ट चार्जिङ र ७.५ वाटको वायरलेस चार्जिङ सपोर्ट गर्ने ३,००० एमएएच ब्याट्री उक्त फोनमा रहेको बताइएको छ।

हालै लन्च गरिएको एप्पल आईफोन १४ प्रो सिरिज मा जस्तै उक्त एसई फोर फोनमा एप्पलकै पछिल्लो एप्पल ए १६ बायोनिक प्रोसेसर समावेश गरिने अपेक्ष गरिएको थियो। यद्यपी आईफोन १४ को लाईनअपमा समावेश गरिएको ए १५ एसओसी पनि एसई फोर फोनमा समावेश हुन सक्ने अर्को सम्भावना रहेको उल्लेख गरिएको छ। त्यसैगरी एसई फोर फोनको पछाडिको भागमा १२ मेगापिक्सेलको सिंगल क्यामरा र ७ मेगापिक्सेलको सेल्फी सुटर फ्रन्ट क्यामराको रुपमा समावेश गरिएको बताइएको छ।

यद्यपी उक्त एप्पलको एसई फोर फोन रद्द वा स्थगीत भएको हो भन्ने बारेमा पुष्टि नभई सकेको र आउने दिनहरुमा अझ धेरै जानकारी बाहिरिने भनी गीज्मोचाईनाले अन्त्यमा बताएको छ।

प्रकाशित: ६ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार