लियोनल मेस्सीले विश्वकप ट्रफी उचालेको तस्बिरलाई इन्स्टाग्राममा सर्वाधिक लाइक

  • Technology Khabar | ६ पुष २०७९, बुधबार
लियोनल मेस्सीले विश्वकप ट्रफी उचालेको तस्बिरलाई इन्स्टाग्राममा सर्वाधिक लाइक

काठमाडौं ।

अर्जेन्टिनाले विश्वकप जितेको फोटोले इन्स्टाग्राममा सर्वाधिक लाइक प्राप्त गरेको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप जितेको खुसीयाली मनाउँदै इन्स्टाग्राममा पोष्ट गरेको फोटोले सर्वाधिक लाइक प्राप्त गरेको हो।

मेस्सीले विश्वकप ट्रफी उचालेको फोटोले ६८.१ मिलियन भन्दा बढी लाइक प्राप्त गरेको छ। यो संख्या अझै बढ्दो क्रममा छ।

आइतबार कतारमा खेलिएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा पराजित गरी ३६ वर्ष पछि विश्वकप उपाधी हात परेको हो।

मेस्सीको इन्टाग्राम पोष्टले यस अघिको सर्वाधिक लाइक भएको अण्डाको फोटोलाई पछि पारेको हो।

यस अघि ५.७ मिलियन लाइक सहित अण्डा इन्स्टाग्राममा सर्वाधिक लाइक प्राप्त गर्ने फोटोको सूचीमा पहिलो स्थानमा थियो। विश्वकप ट्रफीसहितको मेस्सीको फोटोले उक्त रेकर्ड तोड्न सफल भएको हो।

प्रकाशित: ६ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार