ताजा समाचार

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाँदै

इन्टरनेट सेवा प्रदायक क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाँदै
क्लासिक टेक प्रालिको नयाँ बानेश्वरमा रहेको कार्यालय। फाइल तस्विर
Global IME Bank

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा लि अब पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ। कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणहरुका लागि सेयर (आईपीओ) जारी गर्नेछ। क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो। हालसम्म ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा बिस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रोजगारी प्रदान गर्दै आएको जनाएको छ।

Sajilo Visa
easy care