ट्विटरका मालिक इलन मस्क मूर्ख व्यक्तिको खोजी गर्दै, यस्तो छ कारण

  • Technology Khabar | ६ पुष २०७९, बुधबार
ट्विटरका मालिक इलन मस्क मूर्ख व्यक्तिको खोजी गर्दै, यस्तो छ कारण

काठमाडौं ।

ट्विटरका मालिक तथा सिईओ इलन मस्कले एक मूर्ख मानिसको खोजी गरिरहेका छन्। उनले आफ्नो कम्पनीमा प्रमुखको भुमिकाका लागि एक मूर्ख व्यक्ति खोजीरहेको बताएका हुन्।

मस्कले गएको आइतवार एक ट्विटर भोटिङ्ग गरेका थिए जसमा उनलाई कम्पनीको सिईओमा रहिरहनुपर्छ वा पर्दैन भन्ने विषयमा प्रयोगकर्ताहरुलाई मतदान गर्न आग्रह गरिएको थियो ।

अधिकांश प्रयोगकर्ताहरुको बहुमतले उनले प्रमुख कार्यकारीको पद त्याग गर्नुपर्ने पक्षमा भोट गरेका थिए।

मतदानको नतिजा आएसँगै सो परिणामलाई स्वीकार गर्ने बताएका मस्कले अब सिईओ पद त्याग गर्ने भनेका छन्। मतदानमा करिब ५८ प्रतिशतले पद छोड्न भनेका थिए।

आज फेरी अर्को ट्वीट गर्दै उनले आफ्नो पद त्याग गर्न एक मूर्ख खोजिरहेको बताएका हुन्।

“जागिर गर्न पर्याप्त मूर्ख व्यक्ति भेटेपछि म सीईओ पदबाट राजीनामा दिनेछु! त्यस पछि, म केवल सफ्टवेयर र सर्भर टोलीहरू चलाउनेछु।” उनले ट्वीटमा भनेका छन्।

यसअघि ट्विटरका सिईओ पराग अग्रवाललाई आफूले कम्पनी किनेसँगै निकालेका मस्कले फेरी नयाँ सिईओ खोजेका हुन्।

उनले कसलाई सिईओ नियुक्त गर्दछन भन्ने बारेमा भने अहिले कुनै निश्चित छैन्।

सामाजिक सञ्जाल साइट मुख्यतया सफ्टवेयर र सर्भरहरू मिलेर बनेको छ, र मस्क स्पष्टरुपमा सीईओ पदमा नभए पनि कम्पनीमा सीधा नियन्त्रण हुने स्पष्ट छ। मस्कसँग उनका धेरैजसो कम्पनीहरूमा उत्पादनमा वास्तविक नियन्त्रण छ, र उनी अझै ट्विटरको मालिक हुन्।

प्रकाशित: ६ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार