Technology Khabar ६ पुष २०७९, बुधबार
काठमाडौं ।
पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) २०२२ नेपालको फाइनलको फाइनल आजदेखि शुरु हुने भएको छ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा फाइनल आयोजना लागि पब्जी मोबाइल साउथ एशिया इस्पोर्टस्ले आफ्नो पेसबुक पेज मार्फत जानकारी दिएको छ।
फाइनल खेल पुस ६ र ७ गते खेलिनेछ। दुई दिनमा कुल १२ खेल खेलिनेछ। प्रत्येक दिन ६ ओटा खेल हुनेछ।
३० हजार अमेरिकी डलर (करिब ४० लाख रुपैयाँ)को पुरस्कार राशीका लागि नेपालका १६ पब्जी टिमले भृकुटीमण्डपको प्रदर्शनी हलमा प्रतिस्पर्धा गर्नेछन्।
पीएमएनसीको सेमिफाइलनको अंक तालिकमा शीर्ष १३ स्थान भित्र पर्न सफल टिम र ३ आमन्त्रित टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
एब्रप्ट स्लेयर, ज्यानमार ईस्पोर्टस् र द अट्रयाक्स ईस्पोर्टस्लाई पीएमपीएल साउथ एशिया फल २०२२ बाट आमन्त्रण गरिएको हो।
पीएमएनसीको छनोट खेल नोभेम्बर ७ देखि २५ सम्म आयोजना भएको थियो। छनोट चरणमाबाट १२८ टिमले ग्रुप चरणमा स्थान बनाउन सफल भएका थिए।
ग्रुप चरणका १२८ टिमलाई ८ ग्रुपमा विभाजन गरिएको थियो। प्रत्येक ग्रुपमा १६ टिम रहेका थिए। प्रत्येक ग्रुपमा ३ गेम खेलाइएको थियो। त्यसमा शीर्ष ३ भित्र पर्न सफल टिम सेमिफाइनलका लागि छनोट भएका थिए। ग्रुप स्टेज डिसेम्बर ७ देखि १० सम्म खेलिएको थियो।

डिसेम्बर १४ देखि १६ सम्म खेलिएको सेमिफाइलनमा ३२ टिम सहभागी थिए। जसमा ग्रुप स्टेजबाट २४ टिम, पब्जी मोबाइल क्लब ओपन एशिया स्प्रिङ २०२२ बाट ३ टिम, पब्जी मोबाइल क्लब ओपन एशिया फल २०२२ बाट ३ टिम र पब्जी मोबाइल नेपाल सिरिज २०२२ बाट २ टिमले प्रतिस्पर्धा गरेका थिए। ८ टिमलाई ४ ग्रुपमा विभाजन गरेर राउण्ड रोबिनको आधारमा १८ खेल खेलाइएको थियो।
प्रकाशित: ६ पुष २०७९, बुधबार