Technology Khabar ६ पुष २०७९, बुधबार
काठमाडौं ।
एप्पलको स्टुडियो डिस्प्लेबाट निराश भएका एप्पल प्रेमीहरुका लागि ध्यानमा राखेर कम्पनीले हाल त्यसको विकल्पमा नयाँ मोनिटरहरुमा काम गरी रहेको बताइएको छ। एप्पलले अहिले २०१९ को ३२ इन्चको प्रो डिस्प्ले एक्सडीआर मोनिटरको साथैे धेरैवटा नयाँ एक्सर्टनल मोनिटरहरुमा काम गरिरहेको ब्लूमबर्गका मार्क गुर्मनले उल्लेख गरेका छन्।
आगामी स्क्रीनहरुको बारेमा खासै धेरै विवरणहरु नखुलाईएको भएतापनि ए१३ बायोनिक प्रोसेसर भएको स्टुडियो डिस्प्लेको जस्तै बिल्ट–इन एप्पल सिलिकन चिपसेट समावेस गरिने बारे गुर्मनले थप जानकारी दिए। प्रो डिस्प्ले एक्सडीआर मोनिटरको अपडेटेड भर्जनको सिपिङ्ग भने एम २ म्याक प्रो को आगमन पश्चात हुने गुर्मनले थप बताए।
एप्पलको नयाँ मोनिटरहरुको स्लेटमा स्टुडियो डिस्प्लेको रिफ्रेस भर्जन समावेश गरिने वा नगरिने भन्ने बारेमा प्रष्ट जानकारी नआईसकेको बताइएको छ। डिस्प्ले एनालिस्ट रोस योङ्गले गत अक्टोबरमा ट्विटरमार्फत एप्पलले २७ इन्चको मिनी एलईडी प्यानल मोनिटर २०२३ को पहिलो क्वाटरमा रिलिज गर्ने तयारिमा रहेको बताएका थिए। रोस योङ्गको स्पेक्सहरुलाई आधार मान्ने हो भने एप्पलले प्रोमोशन टेक्नोलोजिको साथ स्टुडियो डिस्प्ले मोनिटरको अपडेटेड गर्न खोजेको उल्लेख गरिएको छ।
धेरै समय हल्ला र चासोको विषय बनेको म्याक प्रोको एम २ रिफ्रेसको बारेमा पनि गुर्मनले जानकारी दिएका छन्। गत अक्टोबरमा उक्त कम्प्युटर कम्पनीको एक्सट्रिम भेरिएन्ट एम २ चिपसेटको साथै ४८ कोरको प्रोसेसर र २५६ जीबीको मेमोरी सहित सपिङ्ग गरिने बताइएको थियो। तर एप्पले त्यस बखतनै उक्त योजना त्यागिदिएको थियो। एप्पलको करेन्ट प्राईसिङ स्ट्रक्चर अनुसार म्याक प्रोको एक्सट्रिम भर्जन एम २ को हालको मूल्य १० हजार अमेरिकी डलर रहेको बताइएको छ।
त्यसैगरी योजना अनुरुप कार्यान्वयन भएको खण्डमा बाँकी मोडलहरुमा भने एम २ अल्ट्रा चिपसेट सहित २४ सीपीयू कोर, ७६ जीपीयू कोर र कमसेकम १९२ र्याम समावेश गरिने उल्लेख छ। अहिलेको नयाँ म्याक प्रोमा थप मेमोरी एड गर्न मिल्ने भनि गुर्मनले थप जानकारी दिएका छन्। एप्पलले हाल सोल्डर र्याम चिप्स फिचर गरिरहेको छ।
एप्पलले आफ्नो पहिलो एम १ चिप रिलिज गरेको दुई वर्ष पछि कम्पनीको कम्प्युटर लाइनअपलाई एप्पल सिलिकनमा परिणत गर्नुपर्ने थियो। तर कम्पनीको म्यानुफ्याक्चरिङ योजनाहरुमा फेरबदलाब आएपछि नयाँ म्याक प्रो को घोषणा गर्न ढिलाई भएको गुर्मनले जानकारी दिएका छन्।
प्रकाशित: ६ पुष २०७९, बुधबार