इलन मस्कले ट्विटर खरिद गरेपछि मास्टोडोनमा थपिए २० लाख प्रयोगकर्ता

  • Technology Khabar | ६ पुष २०७९, बुधबार
इलन मस्कले ट्विटर खरिद गरेपछि मास्टोडोनमा थपिए २० लाख प्रयोगकर्ता

काठमाडौं ।

विकेन्द्रीकृत सामाजिक मिडिया प्लेटफर्म मास्टोडन ट्विटरको विकल्पको रुपमा उदाँएको छ। अर्बपति इलन मस्कले ट्विटर खरिद गरेसँगै विभिन्न नीति अबलम्बन गर्दा प्रयोगकर्ताहरु वैकल्पिक विकल्पको खोजिमा रहेका छन्।

मस्कको नीतिबाट रुष्ट प्रयोगकर्ताहरु मास्टोडेनमा आकर्षित भइरहेका छन्।

मास्टोडनको प्रयोगकर्ताबेस अक्टोबर र नोभेम्बरको बीचमा करिब ३ लाख मासिक सक्रिय थिए। अहिले यो संख्या बढेर २५ लाख पुगेको मास्टोडनको सीईओ, संस्थापक र प्रमुख विकासकर्ता युजेन रोचकोले ब्लग पोस्टमा भनेको दभर्जले उल्लेख गरेको छ।

इलन मस्कले अक्टोबरको अन्त्यमा ट्विटर आधिकारिक रुपमा खरिद गरेका थिए। मस्कको स्वामित्वमा ट्विटर आएको समयदेखि नै मास्टोडनको प्रयोगकर्ता लगातार रुपमा बढी रहेका छन्।

पछिल्लो समय मस्कले ट्विटरमा मास्टोडनको लिंक सेयर गर्ने एकाउन्टहरु बन्द गरिरहेका छन्।

प्रकाशित: ६ पुष २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार