Technology Khabar ५ पुष २०७९, मंगलवार
काठमाडौं ।
कृषि ज्ञान केन्द्र खोटाङमा डिजिटल सोएल टेस्टिङ मिनी ल्याबबाट माटो परीक्षण सुरु गरिएको छ। विश्व माटो दिवसको अवसर पारेर गत मङ्सिर १७ गते डिजिटल सोएल ल्याब स्थापना गरी कार्यालयले माटो परीक्षण सुरु गरेको हो ।
यसअघि किटबाट माटो परीक्षण हुँदै आएको थियो । किटबाट परीक्षण गर्दा नाइट्रोजन, फस्फोरस, पोटास र पिएचको मात्र परीक्षण हुन्थ्यो। अहिले मेसिनबाट परीक्षण गर्दा अर्गानिक कार्बन जिङ्क, सल्फर आइरन, कपर म्याग्नेस र बोरन पनि परीक्षण हुने गरेको ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए। पण्डितकाअनुसार मेसिनले गर्ने परीक्षणमा माटोमा कुन तत्व कति छ कुन तत्व कम र बढी छ भन्ने जानकारी हुन्छ। जसले गर्दा माटोको उपचार गर्न र मलखादको प्रयोग गर्न कृषकलाई सहज भएको उनको भनाइ छ।
कृषि ज्ञान केन्द्रले डिजिटल सोएल ल्याब स्थापना गर्नुअघि माटो परीक्षण गर्न खोटाङका कृषक सुनसरीको झुम्का जानुपर्ने बाध्यता थियो । हाल ज्ञान केन्द्रले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाको माटो परीक्षण गरिरहेको छ । परीक्षण गरिएका माटोमा अम्लीय र क्षारीयपन अधिक देखिएको अधिकारी पण्डितले बताए। गोरखापत्रबाट
प्रकाशित: ५ पुष २०७९, मंगलवार