
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले यहि ११ गतेदेखि पोलमा दूरसञ्चार, केबल टी.भी. तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको केबल तथा उपकरणहरू हटाईदिने भएको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले यसअघि नै ४५ दिने सूचना जारी गरेर व्यवस्थापन गर्न भनेपनि हालसम्म व्यवस्थापन कार्य नभएको नभएको भन्दै चरणबद्धरुपमा तारहरु काटिदिने जानकारी दिएको छ।
प्राधिकरणले सेवा प्रदायक संस्थाहरूबाट सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको भन्दै पहिलो चरणमा त्रिपुरेश्वर-सुन्धारा-रत्नपार्क-केशरमहल-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक- बूढानीलकण्ठ खण्डको अव्यवस्थित केबल लगायतका उपकरणहरू हटाईदिने भएको हो।
विद्युत प्राधिकरणले यसबाट हुन सक्ने नोक्सानीका लागि संस्था जिम्मेवार नहुने भन्दै टेलिफोन, इन्टरनेट, केबल टी.भी. उपभोक्ताहरूलाई पर्नसक्ने असुविधाप्रति विद्युत प्राधिकरण अग्रिम क्षमा मागेको छ।
“हालसम्म सेवा प्रदायक संस्थाहरूबाट सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको हुँदा पहिलो चरणमा त्रिपुरेश्वर- सुन्धारा- रत्नपार्क- केशरमहल-लैनचौर- लाजिम्पाट – नारायणगोपाल चोक- बूढानीलकण्ठ खण्डको अव्यवस्थित Cable लगायतका उपकरणहरू ने. वि. प्रा. ऐन, २०४९ को दफा १९ (ख) २१९ (छ) बमोजिम ने. वि. प्रा. आफैँले मिति २०७२/०९/११ देखि इटाउन लागेकोले सम्बन्धित सम्पूर्ण सेवा प्रदायक संस्थाहरूलाई जानकारी गराइन्छ । साथै यसबाट हुन सक्ने नोक्सानीका लागि ने. वि. प्रा. जिम्मेवार नहुने समेत सूचित गरिन्छ। टेलिफोन, इन्टरनेट, केबल टी.भी. उपभोक्ताहरूलाई पर्नसक्ने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ,” सूचनामा भनिएको छ।
प्रकाशित: ५ पुष २०७९, मंगलवार