
काठमाडौं ।
टेक्नोले फोल्डेबल फोनमा काम गरिरहेको छ। टेक्नो फोल्डेबल फोनले ब्लुटुथ एसआईजी सर्टिफिकेसन प्राप्त गरेको छ। कम्पनीको नयाँ डिभाइसको नाम टेक्नो फ्यान्टम भी फोल्ड दिइएको छ।
फोन मोडल नम्बर एडी१० सँग सूचीबद्ध गरिएको गिज्मोचाइनाले उल्लेख गरेको छ। सर्टिफिकेसन वेबसाइटले फोल्डेबल फोन ब्लुटुथ ५.३ कनेक्टिभिटी सपोर्टका साथ आउने खुलास गरेको छ।
फ्यान्टम भी फोल्ड टेक्नोको पहिलो फोल्ड गर्न मिल्ने फोन हुने अपेक्षा गरिएको छ। यो बजारमा उपलब्ध सबैभन्दा सस्तो फोल्डेबल फोन हुने अनुमान गरिएको छ। सूचीले डिभाइसको प्रमुख स्पेसिफिकेसनहरुको जानकारी दिएको छैन। हालसम्म फ्यान्टम भी फोल्डको विषयमा धेरै जानकारी बाहिरिएको छैन।
टेक्नोले भर्खर विश्वबजारमा फ्यान्टम एक्स२ सिरिज सार्वजनिक गरेको छ।
प्रकाशित: ५ पुष २०७९, मंगलवार