
काठमाडौं ।
राहदानी विभागले ईपासपोर्टको लागि अनलाइन एपोइन्टमेन्ट लिने समय परिवर्तन गरेको छ। विभागले आज सार्वजनिक सूचना जारी गर्दै विभागको सर्भरमा अत्यधिक चाप पर्न गएको भन्दै मंसिर ५ गतेदेखि अपरान्ह ३:३० बजे एपोइन्टमेन्ट डेटको लागि अनलाइन बुकिङ खोल्ने जानकारी दिएको छ।
विभागले २०७९ साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि एपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने गरेकोमा प्रायजसो जिल्ला र ईलाका प्रशासन कार्यालयहरूले पनि सोही समयको आसपासमा बुकिङ खोल्ने गरेको जानकारी प्राप्त हुन आएको उल्लेख गरेको छ। जसकारण विभागको सर्भरमा अत्यधिक चाँप पर्न गई वेबसाइट (www.nepalpassport.gov.np) को पेज खुल्न समय लाग्ने र उच्च ट्राफिक भोलुम भन्ने मेसेज देखाउने गरेको छ।
“तसर्थ, विभागको मिति २०७९।०९।०३ को निर्णयानुसार (महनिर्देशकस्तर) विभागले मिति २०७९।०९।०५ देखि अपरान्ह ३:३० बजे Appointment date को बुकिङ खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” विभागले सूचनामा भनेको छ।
प्रकाशित: ४ पुष २०७९, सोमबार