‘लेन्समी अप’ वर्कस्पेस नेपाली बजारमा सार्वजनिक

  • Technology Khabar | ४ पुष २०७९, सोमबार
‘लेन्समी अप’ वर्कस्पेस नेपाली बजारमा सार्वजनिक

काठमाडौं ।

नेपाली कम्पनी लेन्समी अपले आईतवार त्रिपुरेश्वरको एलइडि बोर्ड मार्फत आफ्नो वर्कस्पेसको सेवा सम्पूर्ण संस्था, एजेन्सी र फ्रिलान्सर मिडिएटरहरुको लागि सार्वजनिक गरेको छ।

उक्त वर्कस्पेस बाट नयाँ समुह बनाउन, जोड्न, साझेदारीमा व्यवस्थितरुपमा काम गर्न सहयोग गर्ने छ। साथै उक्त वर्कस्पेसको माध्यमबाट कामको अवस्था निरन्तर अनुगमन गर्न, लक्ष्य तय गर्न, कामको प्राथमिकता तय गर्न, र अन्तिम मितिको सहजै जानकारी लिन सक्नेछन् साथै यी सबै कुरा नविनतम शैलीमा गर्न सकिने बताईएको छ।

कम्पनीकाअनुसार आफ्नो कामलाई व्यवस्थित गरी थोरै समयबाट धेरै कुरा निकाल्न चाहने कम्पनिहरुको लागि लेन्समी अपको यो सेवा सहि छनोट हुनेछ, उक्त सेवा लिएपछि कम्पनिहरुले, कामको अनुगमन गर्न, फाइलहरु आदान प्रदान गर्न, रिअल टाइममा कुराकानी आदान प्रदान गर्न, कामहरु लाइ व्यवस्थापन गर्न अन्त धाईरहनु पर्नेछैन।

कम्पनीका संचालक निराजन केसीले भने, “हामी हाम्रो सेवा सम्पूर्ण माझ राख्न पाउदा हर्षित छौं। हामीलाई आशा छ हाम्रो सेवाले धेरैलाई सहयोग गर्ने छ र हामी नेपाल मात्र नभई छिट्टै नै अन्तराष्ट्रिय स्तरमा लान सक्ने छौं।”

साधारण मान्छेले पनि सजिलै प्रयोग गर्न सकिने र कम्पनीहरुले लगानी गर्दा पनि मितब्ययी रहने छ, साथै यसले दैनिक कार्यसम्पादनमा समेत सहयोग गर्ने कम्पनीको दाबी छ।

हालको लागि भने ३ महिनासम्म सम्पूर्ण शुल्क कम्पनीले बेहोर्ने सम्पूर्ण नेपालि व्यवसायीहरुलाई यसको सहज उपलब्धता गराउने कम्पनीको पदाधिकारीले जना, साथै कम्पनीले धेरै सेवा लिन सक्ने र चाहिँदा सेवालाई थपघट गर्न सकिने उनले थपे।

प्रकाशित: ४ पुष २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार