
काठमाडौं ।
ट्विटरका मालिक इलन मस्कले सोसल मिडिया प्लेटफर्मका प्रयोगकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकारीको रूपमा आफ्नो भविष्यको लागि भोट गर्न आग्रह गरेका छन्। मस्कले आइतवार ट्विटरमा आफ्ना अनुयायीहरूलाई कम्पनीको प्रमुख कार्यकारी अधिकारीको पद छोड्ने कि नछोड्ने भनेर सोधेका छन्।
आफ्ना १२ करोड २० लाख फलोअर्सका लागि गरिएको पोलमा उनले ट्वीट गरे: “के मैले ट्विटरको प्रमुखको पद छोड्नु पर्छ?” उनले सोधे, “यस मतदानको नतिजाको पालना गर्नेछु।”
Should I step down as head of Twitter? I will abide by the results of this poll.
— Elon Musk (@elonmusk) December 18, 2022
टेक्नोलोजी टाइकुन, जसले टेस्ला र स्पेस एक्स पनि चलाउँछन्, ट्विटर लिएपछि ठूलो आलोचनाको सामना गर्नुपरेको छ।
ठूलो कानुनी लडाई पछि, मस्कले अक्टोबरमा ४४ बिलियन डलर सम्झौतामा कम्पनीको नियन्त्रण लिए।
उनको पोलमा अहिलेसम्म १ करोड १९ लाख भन्दा धेरैले मतदान गरिसकेका छन्। जसमध्ये अधिकाशंले हो विकल्पमा मतहरु दिएका छन्।
प्रकाशित: ४ पुष २०७९, सोमबार