
काठमाडौं ।
ललितपुर महानगरपालिकाले ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’ को शुभारम्भ गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत ‘फोनपे’मार्फत राजस्व भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन्।
उक्त सेवामार्फत महानगरपालिकाले लिने राजस्व तथा शुल्कहरु अब फोनपेमार्फत नै भुक्तानी गर्नसकिने बताईएको छ।
फोनपे क्यूआर कोड मार्फत महानगरमा अधिकतम ५० हजार रुपैयाँसम्म सिधै भुक्तानी गर्न सकिनेछ।
प्रकाशित: ३ पुष २०७९, आईतवार