
काठमाडौं ।
वित्तिय नियामक निकाय नेपाल राष्ट्र बैंकले अनलाइन बेटिङ गर्नेको खाता रोक्ने चेतावनी दिएको छ। राष्ट्र बैंकले मंगलबार अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट लगायत विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरमा संलग्न नहुन सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो।
राष्ट्र बैंकको सूचनामा लेखिएको छ, ‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी हुन्। यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ। विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति/समूह/ संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ।’
राष्ट्र बैंकबाट इजाजत÷अनुमतिपत्रप्राप्त संस्थाहरुले जुवा तथा बाजी जन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ, मोबाइल वालेट लगायतका माध्यमहरुबाट हुन नदिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
कतार फिफा विश्वकपको दौरान नेपालमा अनलाइन भुक्तानीको माध्यमबाट जुवा खेल्ने प्रवित्ती मौलाएकाले राष्ट्र बैंकले यसलाई नियन्त्रण गर्न खोजेको हो।
राष्ट्र बैंकको सूचना

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार