सामसङका तीन स्मार्टफोनहरुमा एन्ड्रोइड १३ आधारित वान यूआई फfईभ अपडेट

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
सामसङका तीन स्मार्टफोनहरुमा एन्ड्रोइड १३ आधारित वान यूआई फfईभ अपडेट

काठमाडौं ।

सामसङ कम्पनीले आफ्नो तीन ओटा स्मार्टफोनहरुमा एन्ड्रोइड १३ आधारित नयाँ वान यूआई फईभ अपडेट गर्ने भएको छ।

दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी एम ३२ फोरजी र ग्यालेक्सी एफ २२ मोडलमा प्रमुख सफ्टवेयर अपडेट गर्ने भएको बताईएको छ।

ग्यालेक्सी एम ३२ फाईभजी भेरियन्टमा उक्त सफ्टवेयर अपडेट गरिसकेको र बाँकी रहेको फोरजी मोडलहरुमा पनि पछिल्लो एन्ड्रोइड १३ को अपरेटिङ्ग स्सिटम अपग्रेड गरिने बताईएको छ। ग्यालेक्सी एम ३२ फोरजीमा एम३२५एफएक्सएक्सयू४सीभीके६ र ग्यालेक्सी एफ २२ मोडलमा ई२२५एफएक्सएक्सयू४सीभीके४ भर्जनको नयाँ फर्मवेयर रहेको बताईएको छ।

अच्चमको कुरो के छ भने कम्पनीले दुबै स्मार्टफोनहरुमा वान यूआई ५.० अपडेट गर्दा डिसेम्बर वा नोभेम्बर २०२२ प्याचहरुको सट्टा अक्टोबर २०२२ को एन्ड्रोइड सेक्युरिटी प्याच समावेस गर्ने भएको बताईएको छ।

यसको साथै कम्पनीले ए५१६बीएक्सएक्सयू५ईभीएल२ फार्मवेयर भर्जन रहेको ग्यालेक्सी ए५१ फाईभजी मोडलहरुमा पनि वान यूआई ५.० अपडेट गर्ने बताएको छ। यो स्मार्टफोनको मोडलमा सेक्युरिटी प्याच लेभल अपग्रेड भने डिसेम्बर २०२२ को एन्ड्रोइड सेक्युरिटी प्याच राखेर अपग्रेड गरिएको बताईएको छ।

हाल भारतीय क्षेत्रलाई लक्षित गरेर ग्यालेक्सी एम ३२ र ग्यालेक्सी एफ २२ मा एन्ड्रोइड १३ ओएस आधारित अपडेट गरिने भनेर बताईएको छ। अर्कोतर्फ ग्यालेक्सी ए५१ फाईभजीको अपडेट भने युरोपका स्विजरल्याण्ड, फ्रान्स र अन्य नोर्डिक क्षेत्रलाई लक्षित गरेर अपडेट गरिने भनेर थप बताइएको छ।

साथै यो मोडलको फोन भएका प्रयोगकर्ताहरुले फोनको सेटिङ्गमा गएर सफ्टवेयर अपडेट मेन्यू चेक गरी अपडेट गर्न सक्ने भनी बताईएको छ।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार