
काठमाडौं ।
नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले ‘एडब्लुएस सेल्फ-ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर’ चलाएका छन्।
नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् (एडब्ल्युएस) युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका हुन् ।
यसै क्रममा नेपालमै पहिलो पटक डिसेम्बर १० मा एडब्ल्युएस युजर ग्रुप नेपालद्वारा आयोजित यस एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा ३०० भन्दा बढीको सहभागीता रहेको थियो। सहभागीहरूमा अधिकतम क्लाउडमा कार्यरत व्यक्तिहरू तथा आईटीका विद्यार्थीहरु रहेका थिए ।
कम्युनिटी डेमा क्लाउडमा कार्यरत इञ्जिनियरहरूले क्लाउड सम्बन्धी विभिन्न विषयमा आफ्नो ज्ञान,अनुभव, र ह्याण्डस् अन डेमो प्रस्तुत गरेका थिए। च्याटबट, क्लाउड सेक्युरिटी, डाटा इञ्जिनियरिङ युजिङ एडब्ल्युएस आदि विषयका टेक्निकल सेसनमा सहभागीहरूले धेरै नयाँ कुराहरू सिक्ने मौका प्राप्त गरेको आयोजकले जनाएको छ।
कम्युनिटी डेको मुख्य आकर्षण एडब्ल्युएस डीपरेसर रहेको थियो । यस प्रतिस्पर्धामा सबै स्तरका डेभलोपरहरुले रिइन्फोर्समेन्ट लर्निङलाई अन्वेशण तथा प्रयोग गरेर आफैं सञ्चालन हुने कारलाई रेसिङ ट्रयाकमा उतार्ने अवसर पाए।
जसमा न्युनतम समयमा पूरा ट्रयाक कभर गर्न सफल हुने बिजेता भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो।
पहिलो चरणमा १४० सहभागीहरूले एडब्ल्युएस डीपरेसर टिमबाट नै भर्चुअल ट्रेनिङ प्राप्त गरेर आफ्नो कोड भर्चुअल ट्रयाकमा प्रस्तुत गरेका थिए। टप १५ ले भने नेपालकै पहिलो एडब्ल्युएस फिजिकल डीपरेसर ट्रयाकमा नै रेस गर्ने मौका पाएको बताईएको छ।
प्रकाशित: २७ मंसिर २०७९, मंगलवार