बंगलादेशले सन् २०४१ सम्ममा “स्मार्ट बंगलादेश” बन्ने लक्ष्य सार्वजनिक

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
बंगलादेशले सन् २०४१ सम्ममा “स्मार्ट बंगलादेश” बन्ने लक्ष्य सार्वजनिक

काठमाडौं ।

बंगलादेशले स्मार्ट बंगलादेश निर्माणको योजना सार्वजनिक गरेको छ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सोमबार आफ्नो सरकारको सन् २०४१ सम्ममा ‘स्मार्ट बंगलादेश’ निर्माण गर्ने लक्ष्य सार्वजनिक गरेकी हुन्।

“हामी बंगलादेशलाई सन् २०४१ सम्म एक विकसित देश बनाउनेछौं, र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ,” उनको भनाई बंगलादेशको प्रमुख निजी समाचार एजेन्सी यूएनबीले एक रिपोर्टमा उल्लेख गरेको छ।

डिजिटल बंगलादेश दिवस २०२२ को उद्घाटन कार्यक्रममा सहभागी हुँदा प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेकि हुन्।

हसिनाले आफ्नो सरकारले स्मार्ट नागरिक, स्मार्ट अर्थतन्त्र, स्मार्ट सरकार र स्मार्ट समाजलाई दक्षिण एसियाली मुलुक ‘स्मार्ट बंगलादेश’ बनाउने आधार मानेको पनि बताइन्।

उनले भनिन्, ‘प्रविधिको प्रयोगमा हरेक नागरिक दक्ष हुनेछन्, प्रविधिको प्रयोगबाट आर्थिक गतिविधि सञ्चालन हुनेछन्, सरकार (प्राविधिक रूपमा) स्मार्ट हुनेछ… हामीले आंशिक रूपमा गरेका छौं । र सिंगो समाज (प्राविधिक रूपमा) स्मार्ट हुनेछ।”

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार