फ्रान्स, स्पेन र पोर्चुगलले २०३० सम्ममा समुद्रमुनि हाइड्रोजन पाइपलाइन निर्माण गर्ने

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
फ्रान्स, स्पेन र पोर्चुगलले २०३० सम्ममा समुद्रमुनि हाइड्रोजन पाइपलाइन निर्माण गर्ने

काठमाडौं ।

स्पेन, फ्रान्स र पोर्चुगलले इबेरियन पेनिसुलाबाट सन् २०३० सम्म हाइड्रोजन ढुवानी गर्न समुद्रमुनि पाइपलाइन निर्माण गर्न सहमत भएका छन्।

शुक्रबार इबेरियन पेनिुलाबाट फ्रान्स र अन्ततः युरोपको बाँकी भागमा हाइड्रोजन ढुवानी गर्नका लागि समुद्रमुनि पाइपलाइन निर्माण गर्नका लागि स्पेन, फ्रान्स र पोर्चुगल शुक्रबार सहमत भएका एपीन्यूजले उल्लेख गरेको छ।

पाइपलाइनको उद्देश्य युरोपेली युनियनको ऊर्जा आपूर्तिलाई थप बजबुत बनाउने रहेको छ। गत फेब्रुअरीमा युक्रेन माथी रुसीले आक्रमण गरेसँग युरोपमा ऊर्जा संकट उत्पादन भएको थियो।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले एच२मेड भनिने पाइपलाइनले फ्रान्समा वार्षिक २० लाख मेट्रिक टन हाइड्रोजन पुर्याउन सक्षम हुने बताए। यो ईयुको अनुमानित हाइड्रोजन आवश्यकताको १० प्रतिशत हो। यो परियोजनामा कुल २.५ बिलियन युरो खर्च लाग्ने अनुमान गरिएको छ।

सान्चेज, उनका फ्रान्सेली र पोर्तुगाली समकक्षहरू र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनबीच पूर्वी स्पेनको शहर एलिसेन्टेमा भएको बैठकपछि यो घोषणा भएको हो।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार