नूबिया जेड५० डिसेम्बर १९ मा सार्वजनिक हुने

  • Technology Khabar | २७ मंसिर २०७९, मंगलवार
नूबिया जेड५० डिसेम्बर १९ मा सार्वजनिक हुने

काठमाडौं ।

जेटीई समर्थित नूबियाले जेड सिरिज अन्तर्गतका स्मार्टफोनहरु बजारमा उपलब्ध गराउँदै आइरहेको छ। कम्पनीले चीनमा नूबिया जेड५० स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

कम्पनीले डिसेम्बर १९ मा चिनियाँ बजारमा आगामी नूबिया जेड५० स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ। सार्वजनिक कार्यक्रम चीनको स्थानीय समय अनुसार दिउँसो २ बजेदेखि शुरु हुनेछ।

कम्पनीले सेयर गरेको टिजर पोस्टरले प्रिमियम फोनको भीडबाट अलग देखाउनको लागि स्मार्टफोनको क्यामेरा डिपार्टमेन्टमा ध्यान केन्द्रित गरिरहेको देखिएको छ।

नूबियाका अनुसार आगामी जेड५० स्मार्टफोनमा नयाँ ३५ उमएम कस्टम अप्टिकल सिस्टम प्रयोग गरिएको छ। लाइट इनपुट १ इन्च प्राइमेरी क्यामरा सेन्सरभन्दा बढी छ। कम्पनीले यो डिभाइसले स्टारी स्काई फोटोग्राफीलाई सपोर्ट गर्ने र विभिन्न प्रकारका फोटोग्राफी मोडहरू पनि उपलब्ध गराउने बताएको छ।

गत महिना घोषणा गरिए अनुसार स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन २ प्रोसेसर हुनेछ। फोनको ५००० एमएएच ब्याट्रीले ८० वाट वा १२० वाट फास्ट चार्जिङ सपोर्ट गर्नेछ। फोनको बाँकी फिचरहरु सार्वजनिक कार्यक्रम मार्फत जानकारी गराइनेछ।

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार