
काठमाडौं ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले पहिलोपटक हट लाइन सेवा संचालनमा ल्याएको छ।
ग्रामीण भेगका अशक्त, अपांग, हिंसा पिडित साथै समस्यामा परेका स्थानीयले जुनसुकै बेला गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसँग सम्पर्क गरेर सेवा लिन सक्नेछन।
“समावेशी विकासका लागि रुपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सृजनसिलताको प्रभाव” भन्ने मूल नारालाई आधार मानेर अपांगता भएका व्यक्ति साथै अन्य पिछडिएका वर्गको सहायताका लागि गाउँपालिकाले हट लाइन सेवा सूचारु गरेको हो।
यसका लागि गाउँपालिकाले ९८५१३४२१५५ हट लाइन नम्बर सुचारु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत वशिष्ठनारायण यादवले जानकारी दिए।
बिभिन्न समस्यामा परेका सर्वसाधारणहरुको सहायताका लागि गाउँपालिका जुनसुकै समयमा पनि तत्पर रहेको पुथा उत्तरगंगा गाउँपालिकाले जनाएको छ।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार