
काठमाडौं ।
अमेजन डटकम इंकले बिहीबार आफ्नो इ-कमर्स एपमा टिकटक जस्तो फिड रोल आउट गर्ने बताएको छ। यसले नयाँ खरीददारहरूलाई उनीहरूको मनपर्ने इन्फ्लुएन्सरहरूबाट फोटो र भिडियोहरूको स्ट्रिम मार्फत आकर्षित गर्ने आशा गरेको छ।
अनिश्चित अर्थतन्त्र र दशकौंको उच्च मुद्रास्फीतिको प्रतिक्रियामा किनमेल गतिविधि सुस्त हुँदा अमेजनको यो कदम आएको रोयटर्सले रिपोर्ट गरेको छ।
टिकटक र इन्स्टाग्रामले लोकप्रिय बनाएको छोटो भिडियो जस्ता ढाँचाहरूमा प्रतिक्रिया दिने युवा दर्शकहरूलाई लोभ्याउन पनि यो सुविधा तयार गरिएको छ।
प्रयोगकर्ताहरूले अमेजन एपको तलको बारमा रहेको “लाइट बल्ब” बटनमा क्लिक गरेर फिडमा पहुँच गर्न सक्छन्। यो सुविधा यस महिनाको सुरुमा सिमित अमेरिकी प्रयोगकर्ताहरूलाई उपलब्ध हुनेछ र आगामी महिनाहरूमा अमेरिकाका सबै प्रयोगकर्ताहरूलाई रोल आउट गरिने बताईएको छ।
प्रकाशित: २६ मंसिर २०७९, सोमबार