
काठमाडौं ।
जियो फोन फाइभजी गीकबेन्चमा देखिएको छ। भारतमा ह्यान्डसेट सार्वजनिक अघि यसको केही फिचरहरु संकेत गरिएको छ।
स्मार्टफोन सार्वजनिक हुने मितिको बारेमा आधिकारिक जानकारी नआए पनि फोनको रेन्डरहरु वेबमा देखा परेको लाइभमिन्टले उल्लेख गरेको छ।
गीकबेन्चको सूची अनुसार जियो फोन फाइभजीमा स्न्यापड्रागन ४८० प्लस प्रोसेसर र एन्ड्रोइड १२ मा सञ्चालन हुनेछ।
‘जियो एलएस१६५४क्यूबी५’ नाममा माईस्मार्टप्राइस गिकबेन्चमा सूचीबद्ध भएको हो।
रिपोर्ट अनुसार जियो फोन फाइभजी कोडनेम होलीको साथ सूचीबद्ध गरिएको छ। जसका अनुसार स्मार्टफोनमा स्न्यापड्रागन ४८० प्लस प्रोसेसर हुनेछ र एन्ड्रेनो ६१९ जीपीयूसँग जोडिएको हुन सक्छ।
सूचीका अनुसार जियो फोनले सिंगल कोर टेस्टमा ५४९ प्वाइन्ट र मल्टि कोर बेन्चमार्क टेस्टमा १६६१ प्वाइन्ट प्राप्त गरेको छ।
रिपोर्ट अनुसार एन्ड्रोइड १२ मा चल्ने छर यसमा जियो प्रगतिओएससँग आउन सक्छ।
आगामी जियो फोन फाइभजीमा ४ जीबी र्याम तथा ६.५ इन्च एचडी प्लस एलसीडी डिस्प्ले ९० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। ५००० एमएएच ब्याट्रीले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।
प्रकाशित: २५ मंसिर २०७९, आईतवार