
काठमाडौं ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७, महादेवस्थानस्थित त्रि-धार्मिक स्थल हलेसी मन्दिर परिसरमा पुनः सीसी क्यामरा जडान गरिएको छ।
मन्दिरको सुरक्षाका र आपराधिक क्रियाकलाप हुन नदिन पुनः क्यामरा जडान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिए।
पहिले जडान गरिएको क्यामरा चट्याङले बिगारेपछि एक वर्ष हलेसी मन्दिर सीसी क्यामराविहीन बनेको थियो। क्यामरा नहुँदा मन्दिरको भेटीलगायत विभिन्न सामान हराएपछि मेयर राईको निर्देशनमा पुनः जडान गरिएको नगर प्रवक्ता एवं वडाध्यक्ष कमल गिरीले बताए।
सुरुमा हलेसी महादेव मन्दिर व्यवस्थापन समिति र हलेसी महादेव स्थान विकास समितिको १५ लाख बजेटमा जडान गरिएको क्यामरा चट्याङले बिगारेपछि अहिले हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको आठ लाख ६४ हजार बजेटमा १९ वटा क्यामरा जडान गरिएको छ। अँध्यारो समयमा पनि प्रस्ट देखिने सीसी क्यामरा ग्यारेज टोल, ट्राफिक चोक, सालपा चोक,
रिठ्ठाबोटे, मन्दिर प्राङ्गण, डाँडाबजारलगायत मन्दिर परिसरमा जडान गरिएको छ।
क्यामराको कन्ट्रोल रुम अर्थात् डेस्कटप इलाका प्रहरी कार्यालय इलेसीना राखिएको बडाध्यक्ष गिरीले बताए। अहिले चट्याङले नबिगार्ने गरी बारेन्टी र ग्यारेन्टीसहितको क्यामरा जडान गरिएको उनको भनाइ छ। गोरखापत्रबाट
प्रकाशित: २४ मंसिर २०७९, शनिबार