ईयू भित्र सबै आईफोनहरूमा डिसेम्बर २०२४ देखि यूएसबी टाइप सी चार्जिङ चाहिने

  • Technology Khabar | २३ मंसिर २०७९, शुक्रबार

काठमाडौं ।

युरोपेली संघले यूएसबी टाइप सी चार्जिङ स्मार्टफोनलगायतका विभिन्न डिभाइसहरूमा अनिवार्य हुने मिति चयन गरेको छ।

द भर्जले रिपोर्ट गरे जस्तै, साझा चार्जर निर्देशन ईयूको आधिकारिक जर्नलमा प्रकाशित गरिएको छ । जसको अर्थ यो निश्चित रूपमा भइरहेको छ, र यो लागू हुने मिति पनि बताउँछ। संघभित्र अनिवार्यरुपमा सबै डिभाइसहरुमा अन्तिम समय डिसेम्बर २८, २०२४ सम्ममा यूएसबी टाइप सी चार्जिङ सपोर्ट हुनुपर्नेछ।

निर्देशनको पाठले स्पष्ट पार्छ कि “यस निर्देशनको पालना गर्न आवश्यक कानून, नियम र प्रशासनिक प्रावधानहरू” डिसेम्बर २८, २०२३ सम्म प्रकाशित हुनुपर्छ। त्यस पछि, सदस्य राष्ट्रहरूले “क्याटगोरीहरू वा भाग १ मा उल्लेख गरिएका रेडियो उपकरणहरूको वर्गहरू लागि २८ डिसेम्बर २०२४ देखि ती उपायहरू लागू गर्नेछन्।”

कभर गरिएका क्याटगरीज एण्ड क्लासेजमा स्मार्टफोनहरू, ट्याब्लेटहरू, इ-रिडरहरू, डिजिटल क्यामराहरू, ह्यान्डहेल्ड भिडियो गेम कन्सोलहरू, र हेडफोनहरू समावेश छन्। ल्यापटपहरू सहित कोटीहरूको दोस्रो सेट, अप्रिल २८, २०२६ मा लागू हुनेछ।

यो कानूनले सबैभन्दा धेरै एप्पल प्रभावित हुनेछ किनकी कम्पनीले हालसम्म आफ्नै लाइटिङ्ग पोर्टसहित डिभाइस ल्याइरहेको छ भने आईफोनहरुमा चार्जर दिन छोडेको छ।

एप्पलले वास्तवमा आफ्नो पहिलो आईफोन यूएसबी सीका साथ २०२४ को अन्तिम मिति भन्दा अगाडि, २०२३ को अन्तिम तिर लन्च गर्ने अपेक्षा गरिएको छ। मिङ्ग चि कुओ र ब्लूमबर्गका मार्क गुर्मानले यी परिवर्तनसहित आईफोन १५ डिभाइस आउन सक्ने बताएका छन्।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार