क्यान महासङ्घ पर्सामा नयाँ कार्य समिति चयन

  • Technology Khabar | २३ मंसिर २०७९, शुक्रबार
क्यान महासङ्घ पर्सामा नयाँ कार्य समिति चयन

काठमाडौं ।

वर्तमान समयमा प्रविधिको प्रयोग बढ्दै गएकोले सबै क्षेत्र प्रविधिमैत्री बनाउन कम्प्युटर एसोसिएसन नेपाल (क्यान)ले सरोकारवालासँग आग्रह गरेको छ।

क्यान महासङ्घ पर्साको पाँचौँ साधारण सभामा बिहीबार सहभागीहरूले यस्तो आग्रह गरेका हुन्। हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गएको अवस्थामा आईटी क्षेत्रको महत्व बढेको हुँदा यस क्षेत्रमा आवद्ध व्यवसायीहरु एकबद्ध हुनुपर्नेमा उनीहरुले जोड दिए।

अहिलेको युग सूचना र प्रविधिको भएकोले यस क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरोकारवाला र यस क्षेत्रमा काम गर्ने सबैको सहयोगबाट सूचना र प्रविधिको क्षेत्र विकसित हुने सबैले लाभ लिन सक्ने क्यानका पदाधिकारीहरूको भनाइ छ।

अधिवेशनले प्रशान्त कुमारको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसहमतिमा चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा संजय सक्सेना, सचिवमा जीवन प्रकाश गुप्ता, कोषाध्यक्षमा सुरज बाबु पटेल चयन भएका छन्।

सदस्यहरुमा राहुल कुमार साह, राकेश कुमार साह, अर्जुन कुमार अधिकारी, विक्रम जैन र अर्जुन कुमार साह रहेका छन् । नयाँ कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत प्रमोद साहले प्रमाण पत्रसमेत प्रदान गरेका थिए।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार