
काठमाडौं ।
सडक विस्तारका क्रममा फाइबर काटिएपछि अवरुद्ध भएको एनसेलको सेवा सुचारु भएको छ। कम्पनीले यसअघि बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएपछि एनसेलको सेवा अवरुद्ध भएको जानकारी दिएको थियो।
बिहीबार बिहानदेखि नै आफ्नो सेवा अवरुद्ध भएको र हाल सेवा सुचारु भएको एनसेल आजियाटा लिमिटेडले जानकारी दिएको छ।
कम्पनीले काटिएको अप्टिकल फाइबर मर्मत गर्न सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाएर तिब्रगतिमा सेवा सुचारु गरिएको जनाएको छ।
एनसेलले सूचनामार्फत सडक बिस्तारको क्रममा सेवा अवरुद्ध भएको भन्दै सेवामा पर्न गएको असुविधाका लागि क्षमा मागेको छ।
प्रकाशित: २२ मंसिर २०७९, बिहीबार