मेइजु स्न्यापड्रागन ८ जेन २ फोनमा काम गर्दै

  • Technology Khabar | २१ मंसिर २०७९, बुधबार
मेइजु स्न्यापड्रागन ८ जेन २ फोनमा काम गर्दै

काठमाडौं ।

मेइजु फ्ल्यागसिपको साथ फर्ता हुने भएको छ। मेइजुको मोडल नाम एम२३९२ गिकबेन्चमा देखिएको छ। यो डिभाइस स्न्यापड्रागन ८ जेन २ चिपसेट सहित १२ जीबी र्याम र एन्ड्रोइड १३ मा सञ्चालन हुनेछ।

यो फोन सम्भवत मेइजु १८ एस प्रोको उत्तराधिकारी हो। तर रिपोर्ट अनुसार मेइजुले १९ नम्बर छोडेर सिधै २० मा जान खोजेको छ। आगामी मेइजु फोन मेइजु २० हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

हालको मेइजुको गतिविधि गोप्य नै रहेको छ। रिपोर्टहरुका अनुसार मेइजु २० र मेइजु २० प्रो मा क्रमश एम३८१क्यू र एम३९१क्यू मोडल नम्बरहरु हुनेछ। तर यो मोडल नम्बर गिकबेन्चमा लिक गरिएको मेइजुसँग मिल्दैन।

प्रकाशित: २१ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

  • Technology Khabar
  • २१ मंसिर २०७९, बुधबार