अमेरिकी राष्ट्रपति बाइडेनले एरिजोनाको टीएसएमसी चिप प्लान्ट भ्रमण गर्ने

  • Technology Khabar | २१ मंसिर २०७९, बुधबार
अमेरिकी राष्ट्रपति बाइडेनले एरिजोनाको टीएसएमसी चिप प्लान्ट भ्रमण गर्ने

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार एरिजोनाको टीएसएमसी चिप प्लान्ट भ्रमण गर्ने भएका छन्। यो विदेशी कम्पनीको अमेरिकीमा सबैभन्दा ठूलो लगानी हो।

ताइवानी चिपमेकरले अमेरिकाको प्लान्टमा आफ्नो योजनाबद्ध लगानीलाई तीन गुण भन्दा बढाएर ४० बिलियन अमेरिकी डलर पुर्याउने रोयटर्सले उल्लेख गरेको छ।

यो लगानी बाइडेनका लागि ठूलो जित हो। उनको राष्ट्रपतिकाल शुरु हुँदा चिपको आपूर्ति श्रंखलामा अवरोध सिजर्ना हुँदा अमेरिकी अर्थतन्त्रमा समस्या देखिएको थियो।

टीएसएमसीले सन् २०२४ मा एरिजोनामा १२ मिलियन अमेरिकी डलरको लगानीमा ४ नानोमिटर चिप उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याउने छ।

टीएसएमसीलाई उन्नत ४ नानोमिटर चिप उत्पादन गर्नका लागि एप्पल लगायत अमेरिकी कम्पनीहरुले प्रोत्साहित गरिरहेका छन्।

रिपोर्टका अनुसार टीएसएमसीले एरिजोना प्लान्टबाट प्रति महिना २० हजार चिप उत्पादन गर्ने बताएको थियो। मागको आधारमा उत्पादन क्षमता बढ्ने पनि बताइएको छ। एप्पलले टीएसएमसीको कुल उत्पादनको एक तिहाई प्रयोग गर्नेछ।

रिपोर्टका अनुसार एप्पल बाहेक एडभान्स माइक्रो डिभाइस इंक र एनभिडिया कर्पले टीएसएमसीलाई एरिजनोना प्लान्टमा थप परिष्कृत चिपहरु बनाउन आग्रह गरेका छन्।

टीएसएमसीका ग्राहकहरुले कम्पनीलाई आफ्नो नवीनतम प्रविधिहरु अमेरिकी र ताइवानमा एकै साथ रोल आउट गर्न आग्रह गरेका छन्।

गत हप्ता टीएसएमसीका संस्थापक मोरिस चाङले कम्पनीले एरिजोजनामा उन्नत ३ नानोमिटर टेक्नोलोजीका साथ चिपहरु उत्पादन गर्ने योजना बनाएको बताएका थिए। तर यो योजना अझै कार्यान्यनको चरणमा पनि पुगिनसकेको उनले थपे।

प्रकाशित: २१ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...