सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना

काठमाडौं ।

सानिमा बैंकले मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ। यस अवसरमा सानिमा बैंकले एफवान सफ्टसंग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नुहुनेछ। भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ। उक्त कारोबारहरु रु.२०० भन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ।

ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटी पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन्। यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ। योजना अवधिभर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने बैंकले भनेको छ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei empowers Nepal’s green energy future with launch of FusionSolar9.0 Smart PV Solution

  • Technology Khabar
  • २० मंसिर २०७९, मंगलवार