लोक सेवाको वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई काठमाडौं महानगरपालिकाले करारमा राख्ने

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
लोक सेवाको वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई काठमाडौं महानगरपालिकाले करारमा राख्ने
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले लोक सेवा आयोगले प्रकाशित गरेको विभिन्न विज्ञापनको सूचनामा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका इन्जिनियरहरुलाई नियुक्त गर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि करारमा इन्जिनियरका लागि आ.व ०७९/०८० मा लोक सेवा आयोगले प्रकाशित गरेको विभिन्न विज्ञापन को सूचनामा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई भर्ना गर्न लागेको हो।

महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ।

“आठौं दिनदेखि तोकिएको मितिभित्र निवेदन दिने उम्मेदवारहरू मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने व्यहोरा जानकारी गराइन्छ,” सूचनामा भनिएको छ।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार