यस्तो हुनेछ गेमिङ फोन रेड म्याजीक ८ प्रो को फिचरहरु

  • Technology Khabar | २० मंसिर २०७९, मंगलवार
यस्तो हुनेछ गेमिङ फोन रेड म्याजीक ८ प्रो को फिचरहरु

काठमाडौं ।

विश्वको पहिलो गेमिङ फोनको रुपमा व्याख्या गरिएको रेड म्याजीक ८ सिरिजलाई सार्वजनिक गर्ने तरखर शुरु भएको छ। फोनमा स्न्यापड्र्यागन ८ जेन २ कोर प्रोसेसरको रुपमा प्रयोग गरिएको छ।

नुबियाले चिनियाँ बजारको लागि रेड म्याजीक ८ र रेड म्याजीक ८ प्रो माथि काम गरिरहेको एक रिपोर्टले बताएको छ।

गत महिना एनएक्स७२९जे मोडल नम्बर भएको रेड म्याजीक ८ प्रो फोन चीनको थ्रीसी सर्टिफिकेसन प्लेटफर्ममा सूचिकृत भएको देखा परेको थियो। टीईएनएए सर्टिफिकेसन साईटको डाटाबेसमा अहिले सोही फोन देखा परेको बताईएको छ। केहि वेईबो प्रायोगकर्ताहरुले रेड म्याजीक ८ प्रो को विवरण र फिचरहरु सार्वजनिक गरेका छन्।

रेड म्याजीक ८ प्रो को फिचरहरु
टीईएनएए लिस्टिङ अनुसार फोनमा २४८०x१११६ पिक्सेलको रिजोलुसन प्रदान गर्ने ६.८ ईन्चको ओएलईडी डिस्प्ले रहेको छ। न्यारो बेजेल्स र पन्च होल नभएकोले फोनले फुल स्क्रिनको अनुभव पनि प्रदान गर्ने बताईएको छ।

फोनमा स्न्यापड्र्यागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ। फोनमा १६ जीबी र्याम र १ टीबी स्टोरेज रहने बताईएको छ। स्टेलर गेमिङ एक्सपेरिएन्सको लागि एलपीडीडीआर र्याम र यूएफएस ४.० स्टोरेज रेड म्याजीक ८ प्रो मा रहने उल्लेख गरिएको छ।

१६५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच र ६,००० एमएएच को ब्याट्रि फोनमा रहनेछ। रेड म्याजीक ८ प्रो एन्ड्रोईड १३ ओएसमा आउने संभावना रहेको बताईएको छ।

फोनमा सेल्फीको लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ। फोनको ब्याक प्यानलमा ५० मेगापिक्सेल, ८ मेगापिक्सेल र २ मेगापिक्सेल गरेर तीन ओटा लेन्सहरु समावेस गरी ट्रिपल क्यामरा सेटअप रहेको बताईएको छ।

यस महिनाको अन्त्यदेखि २०२३ को जनवरी शुरुसम्ममा फोन आधिकारीक रुपमा सार्वजनिक गरिने अपेक्षा रहेको थ्रीसी र टीईएनएए सर्टिफिकेसनले उल्लेख गरेको गिज्मोचाईनाले बताएको छ।

प्रकाशित: २० मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार