क्यान महासङ्घको ताप्लेजुङ र सुनसरी शाखाका पदाधिकारी चयन

  • Technology Khabar | १९ मंसिर २०७९, सोमबार
क्यान महासङ्घको ताप्लेजुङ र सुनसरी शाखाका पदाधिकारी चयन

काठमाडौं ।

ताप्लेजुङस्थित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको अध्यक्षमा पुनः विष्णुकुमार हाङ्बाङ लिम्बू चयन भएका छन्। महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनमार्फत हाङ्बाङ दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

महासङ्घको जिल्ला कार्य समिति सात सदस्यीय रहेको छ। समितिको उपाध्यक्षमा जीवनकुमार श्रेष्ठ, सचिव अरुण श्रेष्ठ र कोषाध्यक्ष पुण्यप्रसाद आचार्य चयन भए। सदस्यमा जीवन कालिकोटे, अनिता पन्दाक र रश्मि लिम्बू रहेका छन्।

जिल्ला अधिवेशनले महाधिवेशन प्रतिनिधिमा भने राजकुमार गुरुङलाई सर्वसम्मत चयन गरेको छ। कार्य समितिको कार्यकाल दुई वर्षको हुने क्यानले जनाएको छ।

यसैगरी क्यान महासङ्घको सुनसरी शाखाको १७औँ जिल्ला अधिवेशनले सन्देश राईको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चयन गरेको छ।

इटहरीमा आयोजित अधिवेशनबाट निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा पुण्यप्रसाद अधिकारी, उपाध्यक्षमा लोकेन्द्रप्रसाद ढकाल, सचिवमा शम्भुप्रसाद धमला, सहसचिवमा सञ्जयविक्रम विष्ट र कोषाध्यक्षमा रूपा कोइराला चयन भएका हुन्।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार