
काठमाडौं ।
आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्डकप प्याकेज मात्र रू.३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन्।
ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नुपर्ने हुन्छ। जसमार्फत ग्राहकहरुले वर्ल्डकप प्याकेजको पूर्ण मूल्य रू.५ सय ६५, तिर्दा रू.२ सय ६५ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नुहुनेछ।
यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ र यस अफर मार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार