न्यूज मिडिया ‘उकेरा’को वेबसाइटमा आक्रमण, अनधिकृत पहुँच गर्दै रवि लामिछाने बारेका समाचार डिलिट

  • Technology Khabar | १६ मंसिर २०७९, शुक्रबार
न्यूज मिडिया ‘उकेरा’को वेबसाइटमा आक्रमण, अनधिकृत पहुँच गर्दै रवि लामिछाने बारेका समाचार डिलिट

काठमाडौं ।

अनलाइन समाचार साइट उकेराको वेबपोर्टलमा ह्याकरले आक्रमण गरेका छन् । उकेरा अनलाइनले लेखेका केहि समाचारहरुका कन्टेन्टहरुलाई डिलिट गर्ने र फोटोहरुसमेत चलाएको भेटिएको हो।

उकेराका सम्पादक केपी ढुङ्गानाले आफ्नो वेबसाइटको सर्भरमा नै अनधिकृतरुपमा प्रवेश गरेको देखिएको बताए।

“हामीले लेखेका केहि समाचारहरुमा चर्को विरोध भईरहेको बेलामा कन्टेन्ट नै डिलिट गर्ने तथा गलत फोटो तथा जानकारीहरु राख्ने प्रयास गरेको भेटिएको छ,” उनले भने “विशेषगरी रवि लामिछाने र दिपेश पुनका बारेमा लेखिएका समाचारहरुलाई लक्षित गरेर ह्याक गरिएको देखिन्छ।”

उनले रातीदेखि नै कन्टेन्टहरु बिगार्ने गरेसँगै प्राविधिक सावधानी अपनाईएको जानकारी दिए ।

“हामीले थाहा पाउने बित्तिकै प्राविधिक रुपमा सावधान भएका थियौं र अझै बिस्तृतमा हेर्दैछौं,” उनले भने।

उकेराले ट्वीट गरेर नै आधिकारीकरुपमा अनधिकृत प्रवेश गरेको देखिएको जनाएको छ।

“उकेराको सर्भरमा अनधिकृत प्रवेश गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सम्बन्धी सामाग्री डिलेट गरिएको छ। यसबारे प्राविधिक टिमले काम गरिरहेको छ। सो सामाग्री हामी पुन प्रकाशित गर्ने प्रयासमा छौँ।” ट्वीटमा भनिएको छ।

 

सम्पादक ढुंङ्गानाले वेबसाइटमा प्राविधिक सुरक्षा बढाएसँगै साइबर ब्यूरोमा समेत उजुरी गरिने जानकारी दिए।

प्रकाशित: १६ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार