विद्यार्थीलाई स्मार्ट बनाउने डिजी स्कूलको प्रयास

  • Technology Khabar | १५ मंसिर २०७९, बिहीबार
विद्यार्थीलाई स्मार्ट बनाउने डिजी स्कूलको प्रयास

काठमाडौं ।

डिजी स्कूलले विधार्थीहरूलाई स्मार्ट सिटीको टेक्नोलोजीका बारेमा जानकारी दिने उद्वेश्यले एक कार्यक्रमको आयोजना गरेको छ। पछिल्लो समय विश्वमा वढ्दै गएको स्मार्ट सिटीको टेक्नोलोजीका बारेमा जानकारी दिने उद्वेश्यले कार्यक्रमको आयोजना गरिएको डिजी स्कूलका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए।

२१ औं शताब्दीको युगमा विधार्थीहरू हरेक हिसाबले आफ्नो दैनिकीमा समेत टेक्नोलोजीको प्रयोग गर्नुपर्ने हुँदा यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताए।

बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हो।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो। आइ जि सि एस इ (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन) ले समेत ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ।

कार्यक्रममा दशै एवं तिहारको अवसरमा आयोजित चंगा चेट प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई मेडल, ट्रफी, किवोर्ड, हेडफोन, कप लगायतका विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो । सेप्टेम्बर १ देखि अक्टोवर ९ सम्म भएको प्रतियोगितामा काठमाडौं, पोखरा, वुटवल, विराटनगर, स्याङ्जा सहितका स्थानबाट ७५ विद्यार्थीहरू सहभागी रहेको आयोजक डिजी स्कूलले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार