लाइसेन्स परीक्षामा ७० अंक ल्याए पास हुने नियम बागमती प्रदेशमा लागू

  • Technology Khabar | १५ मंसिर २०७९, बिहीबार
लाइसेन्स परीक्षामा ७० अंक ल्याए पास हुने नियम बागमती प्रदेशमा लागू

काठमाडौं ।

निदोष घोरसाइने

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक प्राप्त गरे पास हुने व्यवस्था कार्यान्वयनमा आएको छ।

बागमती प्रदेशको श्रम, रोजगार तथ यातायात मन्त्रालयले ७० अंक प्राप्त गर्नेलाई ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षमा पास हुने व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिप (सबै), यातायात व्यवस्था कार्यालय, हेटौंडा, यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको नाममा मंसिर १४ गते परिपत्र जारी गरेको हो।

यो परिपत्रसँग अब बागमती प्रदेशमा सञ्चालनमा रहेका सबै सवारी चालक अनुपतिपत्र कार्यालयहरुले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्याविधि निर्देशका, २०७७ लाइसेन्सको प्रयोगात्मक परीक्षा लिनु पर्ने भएको छ।

मन्त्रालयको परिपत्रको बुँदा नम्बर २ मा लेखिएको छ, ‘प्रयोगात्मक परीक्षा सञ्चालन सन्दर्भमा उल्लेखित कार्यविधी/निर्देशिकाको अनुसूची ५ र ६ मा प्रयोगात्मक परीक्षाको अंक विभाजन तथा मूल्यांकन आधारहरु अनुसूची ७ र ८ मा प्रयोगात्मक परीक्षाको मूल्यांकन उपर र अनुसूची ९ र १० मा परीक्षा स्थलको बनोट तथा लेआउटको स्पष्ट यवस्था भएकोमा हाल सञ्चालनमा रहेको परीक्षा स्थल सो बमोजिम भए/नभए एकिन गरी तत्काल निर्देशिका बमोजिम नै हुनेगरी व्यवस्था गर्ने।’

अनुसूची ७ को व्यवस्था

मन्त्रालयको परिपत्र

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्याविधि निर्देशका, २०७७

सवारीचालकअनुमतिपत्रपरीक्षासञ्चालनकार्यविधिनिर्देशिकाकोअन्तिमरुप2(1)संशाोधित2021-07-26_01-09-54-347

प्रकाशित: १५ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार