अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ‘कानूनी तर हानिकारक’ अनलाइन सामग्रीमा बेलायतको प्रतिबन्ध

  • Technology Khabar | १४ मंसिर २०७९, बुधबार
अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ‘कानूनी तर हानिकारक’ अनलाइन सामग्रीमा बेलायतको प्रतिबन्ध

काठमाडौं ।

बेलायतले टेक दिग्गजहरूलाई उनीहरूको प्लेटफर्मबाट “कानूनी तर हानिकारक” सामग्री हटाउन बाध्य नपार्ने बताएको छ। अभियानकर्ताहरू र सांसदहरूले यस कदमले वाक् स्वतन्त्रतालाई कम गर्न सक्ने चिन्ता व्यक्त गरेपछि सरकारले सो जानकारी दिएको हो।

अनलाइन सुरक्षा कानूनहरूले बालबालिकाको सुरक्षामा ध्यान केन्द्रित गर्नेछ र कम्पनीहरूले उनीहरूको सेवाका सर्तहरूमा अवैध वा निषेधित सामग्री हटाउने कुरा सुनिश्चित गर्नमा केन्द्रित हुनेछ। तर यसले कुन कानुनी सामग्री सेन्सर गर्नुपर्छ भनेर निर्दिष्ट गर्दैन।

युरोपेली संघ र अन्य देशहरू जस्तै, बेलायतले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू र विशेष गरी बालबालिकाहरूलाई वाक स्वतन्त्रतालाई हानी नगरी हानिकारक सामग्रीबाट जोगाउन प्रयासरत रहेको रोयटर्सले उल्लेख गरेको छ।

डिजिटल सेक्रेटरी मिशेल डोनेलनले सामग्रीहरुलाई कम गर्नुको सट्टा कम्पनीहरूले उनीहरूले पहिले नै तय गरेको उमेर सीमा लागू गरेर बालबालिकाको सुरक्षालाई बलियो बनाएको बताइन्।

उनले बीबीसी रेडियोलाई भनिन्, “कम्पनीहरूले ‘हो हामी १३ वर्षभन्दा माथिका बालबालिकाहरूलाई मात्र हाम्रो प्लेटफर्ममा सामेल हुन अनुमति दिन्छौं’ भन्न सक्दैनन्, त्यसपछि उनीहरूले १० वर्षका बालबालिकाहरूलाई अनुमति दिन्छन् र उनीहरूलाई सक्रिय रूपमा प्रचार गर्छन्। हामी त्यो हुनबाट रोक्दैछौं।”

यदि तिनीहरूसँग नाबालिग पहुँच प्रतिबन्ध गर्ने प्रणाली छैन भने कम्पनीहरूले आफ्नो कारोबारको १० प्रतिशतसम्म जरिवानाको सामना गर्न सक्ने उनले भनिन् ।

प्रकाशित: १४ मंसिर २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार