स्मार्ट सेलले ल्यायो स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान

  • Technology Khabar | १३ मंसिर २०७९, मंगलवार
स्मार्ट सेलले ल्यायो स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान

काठमाडौं ।

जुलाई १, २००८ देखि सेवाहरू प्रदान गर्दै आइरहेको स्मार्ट सेल नेटवर्क युवा पुस्ता माझ आफ्नो लोकप्रियता बढाउँदै गइरहेको छ। सस्तो दरमा लामो टक टाइम र फास्ट इन्टरनेट सेवा  प्रदान गर्दै आइरहेको स्मार्ट सेल आफ्नो फास्ट फोरजी नेटवर्कको कारणले गर्दा डाटा चलाउन मन पराउनेहरु माझ पहिलो रोजाईमा पर्दै आइरहेको छ।

सोही डाटा चलाउन मन पराउने ग्राहकको लागि भनेर स्मार्ट सेलले ल्याएको छ स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान। यो डाटा प्लान आन्तर्गत मात्र रु.१९ मा ग्राहकहरुले राती ११ बजे देखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नुहुनेछ।

कम्पनीकाअनुसार यो डाटा प्लानमा ग्राहकले  फास्ट फोरजी नेटवर्क मार्फत सोसल मीडिया चलाउन, वेब सर्फीन्ग गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागी प्रयोग गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो योजनाले ग्राहकहरुलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ। यो योजना सुचारु गर्न  *१४१००*३*४*१# डाएल गर्नु पर्ने जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार