आर्थिक समाचार

एभरेष्ट बैंकले स्मार्टच्वाइस टेक्नोलोजिजको स्मार्ट क्यूआर प्रयोगमा ल्याउने

एभरेष्ट बैंकले स्मार्टच्वाइस टेक्नोलोजिजको स्मार्ट क्यूआर प्रयोगमा ल्याउने
Global IME Bank

एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच व्यवसायिक सम्झौता भएको छ। डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच उक्त सम्झौता भएको हो।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन्।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात एभरेष्ट बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘ईबीएल टच २४’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्ने जनाएको छ।

Sajilo Visa
easy care