नेपाल टेलिकमको ई–सिम निशुल्करुपमा देशभर उपलब्ध

  • Technology Khabar | १२ मंसिर २०७९, सोमबार
नेपाल टेलिकमको ई–सिम निशुल्करुपमा देशभर उपलब्ध

काठमाडौं ।

नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राखी मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको छ। ई–सिम कम्पनीले २०७९ भाद्र ३१ गतेदेखि काठमाडौको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण शुरु गरेको थियो ।

हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहनुभएका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क ई–सिम उपलब्ध गराइरेहको छ।

मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जानुहुन ग्राहकवर्गमा अनुरोध छ। यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिने बताएको छ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा ‘Add Mobile Plan’ वा ‘Add Data Plan’  भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरुले निःशुल्क रुपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्दछ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिन्छ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका वेयरेबल डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ।

प्रकाशित: १२ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार