
काठमाडौं ।
नेपाली टिम ट्रेन टु किल (टी२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) को फाइनल प्रवेश गरेको छ। ग्रुप स्टेजमा प्रदर्शन गर्दै टी२के फाइनल प्रवेश गरेको हो।
समूह एल्लोमा रहेको टी२के अंक तालिकाको तेस्रो स्थानमा रहेर फाइनलको यात्रा तय गर्न सफल भएको हो। टी२केले निकटम प्रतिद्वन्द्वी रिजेक्टलाई र्याक प्वान्टको आधारमा पछि पार्दै फाइनलका लागि स्थान सुरक्षित बनाउन सफल भएको हो।
कुल २४ खेल समाप्त हुँदा टी२के र रिजेक्ट दुबैको समान २१४ प्वाइन्ट थियो। साथै दुबै टीमले समान २÷२ चिकेन डिनर लिएका थिए। तर र्यांक प्वाइन्टमा रिजेक्ट भन्दा धेरै प्वाइन्ट हासिल गरेकाले टी२के फाइनलका लागि छनोट भएको हो।
टी२केको र्यांक प्वाइन्ट १२२ र रिजेक्टले १११ रहेको थियो।
ग्रुप एल्लोको विजेता गिक फाम भएको छ। गिक फामले २९२ अंक हासिल गर्दै च्याम्पियन भएको हो। २३१ अंक सहित फोर एंग्री म्यान दोस्रो भएको छ।
अब नेपाली टिम टी२के इन्डोनेसियाको राजधानी जाकार्तामा २०२३ जनवरी ६ देखि ८ सम्म हुने फाइनल खेल्ने छ।
समूह चरणको खेलबाट टी२केले एक करोड रुपैयाँभन्दा बढी पुरस्कार राशी प्राप्त गरिसकेको छ।
४० लाख अमेरिकी डलर (करिब ५२ करोड रुपैयाँ)को प्रतियोगितामा विश्वभरका ४८ पब्जी टिमको सहभागीता रहेको थियो। यसमा नेपालबाट टी२के सहित समूह चरणबाट ९ टिम र निमन्त्रणाबाट २ टिम फाइनलाका लागि छनोट भइसकेका छन्।
प्रतियोगितामा सहभागी अन्य दुई नेपाली टीम डीआरएस गेमिङ र स्काईलाइज गेमिङका लागि पनि फाइनलमा पुग्ने मौका रहेको छ।
त्यसका लागि उनीहरु सर्भाइवल स्टेजको शीर्ष १६ भित्रमा रहँदै अन्तिम मौकामा शीर्ष ५ भित्र पर्नु पर्ने हुन्छ।
सहभागी टिमलाई रेड, ग्रिन र एल्लो गरी ३ समूहमा विभागजन गरिएको थियो। प्रत्येक समूहबाट शीर्ष ३ स्थानमा आउने टिम फाइनलका लागि छनोट भएका हुन्।
४ देखि ११ औं स्थानमा रहने टिम सर्रभाइवल स्टेजका लागि छनोट भएका छन्।
प्रकाशित: १२ मंसिर २०७९, सोमबार