ट्विटरको टिक मार्क ‘ब्लू’ का साथसाथै ‘ग्रे’ र ‘गोल्ड’ हुने, डिसेम्बरमा लन्च गरिँदै

  • Technology Khabar | १० मंसिर २०७९, शनिबार
ट्विटरको टिक मार्क ‘ब्लू’ का साथसाथै ‘ग्रे’ र ‘गोल्ड’ हुने, डिसेम्बरमा लन्च गरिँदै

काठमाडौं ।

सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले आगामी शुक्रबारदेखि ब्लू चेक सब्सक्रिप्शन (ब्लु भेरिफाइड मार्क) सेवा पुनः सुरु गर्ने भएको छ। यस पटक तपाईले ट्विटर टिक मार्क ‘ब्लू’का साथमा ‘ग्रे’ र ‘गोल्ड’ प्रयोग गर्न सक्नुहुनेछ।

ट्विटरका मालिक तथा सीईओ इलन मस्कले एक ट्वीटको जवाफमा यो जानकारी दिएका छन्। मस्कले जानकारी दिएअनुसार ट्विटरले अर्को शुक्रबार अर्थात् २ डिसेम्बर २०२२ मा आफ्नो ब्लू चेक सदस्यता सुविधा पुन: सुरु गर्नेछ।

यसमा सामाजिक सञ्जाल प्लेटफर्ममा संस्थाहरु र प्रसिद्ध व्यक्तिहरूका लागि विभिन्न रङको टिक मार्क प्रयोग गर्न सक्नेछन्।

इलन मस्कले ट्वीटमा भनेका छन्, “कम्पनीहरूको लागि गोल्ड चेक, सरकारहरूका लागि ग्रे चेक, सेलिब्रेटीहरू वा अन्य व्यक्तिहरूको लागि ब्लू चेक।” मस्कले चेक सक्रिय हुनु अघि सबै प्रमाणित खाताहरू म्यानुअल रूपमा प्रमाणित गरिने बताए।

कम्पनीले हालसालै घोषणा गरेको ८ डलरको ब्लू चेक सदस्यता सेवा निलम्बन गरेको छ किनकी नक्कली खाताहरूमा तीव्र वृद्धि भएको छ। यस पछि, ब्लू चेक सदस्यता सेवा नोभेम्बर २९ मा सुचारु गर्ने भनिएको थियो। प्रयोगकर्ताहरूले ट्विटर ब्लूको लागि शुल्क तिर्नुपर्नेछ।

ट्विटर ब्लूका सम्बन्धमा मस्कले यसअघि विभिन्न देशको क्रयशक्तिका आधारमा मूल्य निर्धारण गरिने बताएका थिए।

प्रकाशित: १० मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार