
काठमाडौं ।
भारतको अग्रणी सार्वजनिक मेडिकल संस्था माथि साइबर आक्रमण भएको छ। अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल सर्भिसेस (एम्स) मा भएको साइबर आक्रमणका कारण उक्त इन्सिच्यिूटको स्वास्थ्य सेवा अवरुद्ध भएको टेकक्रन्चले उल्लेख गरेको छ।
साइबर आक्रमणका कारणका कारण सयौंका संख्यामा रहेका बिरामीहरु र चिकित्सकहरु एकै साथ प्रभावित भएका बताइएको छ। मेडिकल इन्सिच्यिूटको प्राथमिक स्वास्थ सेवा, बिरामी भर्ना र डिस्चार्ज प्रक्रियादेखि विलिङ स्टिममा असर परेको छ।
सन् १९५६मा स्थापना भएको एम्समा हाल मेडिकलका स्नातक तह र स्नातकोत्तर तह गरी हजारौंको संख्यामा विद्यार्थीहरु अध्ययनरत छन्। २ हजार २०० बेड क्षमता भएको उक्त मेडिकल इन्सिच्यिूट राज्यको स्वामित्वमा रहेको ठूलो मध्येको एक मेडिकल इन्सिच्यिूट रहेको बताइएको छ।
नयाँ दिल्लीमा बुधबार साँझ रिर्पोट गरिएको साइबर आक्रमणले पेसेन्ट केयर सर्भिसेसमा भने बुधबार बिहान देखिनै असर गरेको एम्सका अधिकारीहरुले टेकक्रन्चलाई बताए।
बिरामीको डाटा रेर्कड राख्ने सर्भरले काम नगरेपछि हातैले बिरामी नोट्स लिन थालिएको र म्यानूअली सबै कागजी कार्य अघि बढाइएको छ। सो आक्रमण पश्चात आपतकालिन सेवाहरु ह्यान्डल गर्दा केहि त्रुटिहरु भएको र लामो लाइनको समस्या उत्पन्न भएको छ।
शुरुवाती केहि घण्टा सिस्टममा अवरोध देखा परे पछि अस्पतालका अधिकारीहरुले साइबर आक्रमण भएको जानकारी गराएका थिए। अस्पतालका अधिकारीहरुले चिकित्सकहरुलाई हातैले नोट्सहरु लेख्न र सबै कागजी कार्यहरु गर्न निर्देशन दिएका छन्।
इन्डियन कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम र नेश्नल इन्फोम्याटिक्स सेन्टरले संयुक्त रुपमा एम्सको डाटा रिकभरीको लागि सहकार्य गरिरहेका छन् ।
सेन्ट्रल ब्युरो अफ इन्भेसटिगेसन र इन्टेलिजेन्स फ्यूजन एण्ड स्ट्र्याटेजिक अपरेसन्स् अफ दिल्ली पुलिसले घटनाको छानबिन कार्य अघि बढाइएको बताएको छ।
प्रकाशित: १० मंसिर २०७९, शनिबार