
काठमाडौं ।
फिफा वर्ल्डकप २०२२ लाईभ देखाईरहेको इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसन्स लिमिटेडले आफ्नो आईपीटिभी भायटिभीको सेवा शुल्क भुक्तानीमा अफर ल्याएको छ।
कम्पनीले कनेक्ट आईपीएसबाट आफ्नो भायटिभीको रकम भुक्तानी गर्दा ग्राहकहरुलाई १०० रुपैयाँको छुट प्रदान गर्ने भएकोछ।
पछिल्लो समय भायटिभीका ग्राहहरुले वालेटबाट सेवा रकम तिर्दा वालेट नै क्र्याश भएका छन्। हालसम्म मोबाइल वालेट कम्पनीहरुमार्फत रकम तिर्न समस्या भएको भन्दै ग्राहकहरुले गुनासो गरेपछि कम्पनीले कनेक्ट आईपिएसबाट भुक्तानी लिने योजना गरेको हो।
जसअनुसार कनेक्ट आईपिएसबाट भायटिभीको रकम तिर्दा भायटिभी वर्ल्डकप कुपनमा रु. १०० छुट पाउने जनाएको छ।
यो अफर पहिलो पटक कनेक्ट आईपिएसमार्फत भायनेटको सेवा शुल्क तिर्ने ग्राहकहरुका लागि मात्र लागू हुने जनाएको छ।
Pay from Connect IPS, Get Rs.100 OFF* on ViaTV Worldcup Coupon
Simply follow the following step shown in the image.Click the link here to buy: https://t.co/gonSNGjh2J#Vianet #viaTV #abasabaiconnected #vianetnepal #NCHL #connectIPS #worldcup #WorldCup2022 #bringhomethegame pic.twitter.com/WLJtqypYyq
— Vianet Communication Ltd. (@Vianetofficial) November 25, 2022
प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार