यी हुन् संसारका सबैभन्दा फास्ट फाइभजी स्मार्टफोन

  • Technology Khabar | ९ मंसिर २०७९, शुक्रबार
यी हुन् संसारका सबैभन्दा फास्ट फाइभजी स्मार्टफोन

काठमाडौं ।

स्मार्टफोनको प्रविधि तीब्र गतिमा परिवर्तन भइरहेको छ। बजारमा १६ जीबी र्याम र १ टीबी स्टोरेज क्षमताका स्मार्टफोनहरु उपलब्ध छन्। साथै स्मार्टफोनमा ४ एनएमको फास्ट प्रोसेसर पनि प्रयोग हुन थालिसकेको छ। नयाँ प्रविधिको विकाससँगै स्मार्टफोनले हाई स्पीड इन्टरनेट सपोर्ट गर्दै आइरहेको छ।

यी हुन् संसारका शीर्ष ७ फास्ट फाइभजी स्मार्टफोनः

एप्पल आईफोन १३ प्रो म्याक्स

संसारको ५ देशमा आईफोन १३ प्रो म्याक्स सबैभन्दा फास्ट स्मार्टफोन रहेको छ। यो आईफोन गत वर्ष सार्वजनिक भएको छ। आईफोन १३ प्रो म्याक्समा एप्पलको ए१५ बायोनिक चिपसेटबाट पावर मिल्छ।

मोटो जी फाइभजी प्लस

मोटोको जी फाइभजी प्लस ब्राजीलको सबैभन्दा फास्ट स्मार्टफोन हो। ओक्लाका अनुसार यस फोनबाट ३५८.३९ एमबीपीएस सम्मको औसत फाइभजी स्पीड पाउन सकिन्छ। सन् २०२० मा सार्वजनिक गरिएको फोनमा स्न्यापड्रागन ७६५ फाइभजी चिपसेट छ।

वानप्लस ९ फाइभजी

वानप्लसले गत वर्षको मार्चमा वानप्लस ९ फाइभजी सार्वजनिक गरेको थियो। यस फोनमा स्न्यापड्रागन ८८८ चिपसेट छ। यो चीन र जर्मनीको सबैभन्दा फास्ट फाइभजी स्मार्टफोन हो। ओक्लाका अनुसार चीनमा यस फोनबाट ३४९.१५ एमबीपीएससम्मको औसत फाइभजी स्पीड पाउन सकिन्छ।

ह्वावे पी४० फाइभजी

ह्वावे फोन चीन बाहेक अन्य मुलुकमा बिक्री हुँदैन। तर चीनमा ह्वावे ब्रान्ड निकै लोकप्रिय छ। ह्वावे पी४० फाइभजीको डाउनलोड स्पीड ३४४.४१ एमबीपीएस छ। यस फोनमा किरिन ९९० फाइभजी प्रोसेसर छ।

एप्पल आईफोन १४ प्रो म्याक्स

नयाँ आईफोन १४ प्रो म्याक्स अमेरिका, जर्मनी, जापान र थाइल्याण्ड र युकेको सबैभन्दा तीब्र फाइभजी स्मार्टफोन हो। आईफोन १४ प्रो म्याक्स यसै वर्ष सार्वजनिक गरिएको हो। यसमा एप्पलको सबैभन्दा शक्तिशाली ए१६ चिपसेट दिइएको छ।

सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा

सामसङको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस२२ अल्ट्रा अमेरिका, भियतनाम र दक्षिण अफ्रिकाको फास्ट फोन हो। यस वर्ष सार्वजनिक गरिएको सामसङ ग्यालेक्सी एस२२ अल्ट्रामा क्वालकम स्न्यापड्रागन ८ जेन १ चिपसेट छ।

सोनी एक्सपेरिया वान आईआई फाइभजी

सोनी ग्लोबल स्मार्टफोन बजारमा पछि रहे पनि घरेलु बजारमा भने चर्चित छ। सोनी एक्सपेरिया वान आईआई जापानको सबैभन्दा तीब्र फाइभजी स्मार्टफोन हो। यसमा क्वालकम स्न्यापड्रागन ८६५ चिपसेट छ।

 

प्रकाशित: ९ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ९ मंसिर २०७९, शुक्रबार