
काठमाडौं ।
केहि समय अघि मिडिया टेकले डाइमेनसिटी ९२०० फ्ल्यागसिप फाइभजी चिप सार्वजनिक गरेको थियो। उक्त चिपले फाइभ जी नेटर्वक मात्र नभई फ्यूचर वाईफाई-७ वायरलेस कनेक्सनलाई पनि सर्पोट गर्नेछ।
तर्सथ, यो चिप वाईफाई-७ को लागि पूर्ण रुपमा तयार र सक्षम रहेको बताईएको छ। साधारणतय उपभोक्ताहरुलाई नयाँ टेक्नोलोजीहरुको फाइदाको बारेमा थाहा नहुन सक्छ। तपाईहरु कति जनालाई वाईफाई-७ र विगतका वाईफाई बिचको भिन्नता थाहा छ?
वाईफाई प्रोटोकल भन्नाले के बुझिन्छ?
शुरुमा यो बुझौँ कि वाईफाईका विभिन्न प्रोटोकलहरु रहेका छन्। यस सम्बन्धमा वाईफाईको यात्रा यहाँ सम्म आईपुग्दा वाईफाइ-७ को वाईफाइ प्रोटोकलमा धेरै परिर्वतन भएको छ।
तपाई ८०२.११एन, ८०२.११एसी (वेभ १, वेभ २) र ८०२.११एएक्स जस्ता प्रोटोकलहरुसंग सायद परिचितनै हुनुहुन्छ होला! यिनिहरु के हुन भनेर तपाईहरुलाई थाहा नभएता पनि धेरै पटक यस्ता प्रोटोकलहरुसंग आमने-सामने भने पक्कै हुनु भएको छ होला! औसत उपभोक्ताहरुलाई ति अंक र अक्षरको अर्थ के हुन् भनेर थाहा पनि नहोला।
सिक्थ जेनको वाईफाई टेक्नोलोजीलाई सन् २०१८ मा वाईफाइ एलायन्सले ८०२.११एएक्स प्रोटोकललाई मानक प्रोटोकलको रुपमा तोकेको थियो। यो संगै वाईफाइ प्रोटोकलको नामाकरण सहज तवरले राख्न थालनि गरिएको थियोे। यसो गर्नूको उद्देश्य प्रयोगकर्ताहरुलाई वाईफाइ प्रोटोकल पढ्न सहज होस् भनेर पनि थियो। यसले गर्दा ११एनलाई वाईफाइ-४, ११एसीलाई वाईफाइ-५ र ११एएक्सलाई वाईफाइ-६ को रुपले चिनिन थालियो। यसले गर्दा उपभोक्ताहरु माझ कुन चाहिँ वाईफाइ प्रोटोकल नयाँ र सैद्धान्तिक तवरले राम्रो भनेर छुट्ट्याउन पनि सहज भएको थियो।
वाईफाइ-४
सन् २००९ मा सार्वजनिक गरिएको ८०२.११एन (वाईफाइ-४) सन् २००३ को ८०२.११जी वाईफाइको तुलनामा धेरै सुधारिएको वाईफाइ प्रोटोकलको भर्सन थियो। एकै साथ २.४ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सी ब्यान्डहरुमा काम गर्ने वाईफाइ-४ पहिलो वाईफाइ टेक्नोलोजी हो र यसको ट्रान्समिसन स्पीड ६०० एमबिट प्रति सेकेण्ड रहेको थियो।
वाईफाइ-५
हायर अर्डर मोड्युलेसन टेक्नोलोजी (२५६-क्यूएएम) र १६० मेगाहर्ज सम्मको वाईडर रेडियो फ्रिक्वेन्सी ब्यान्डविथको थालनि गरेकोको ८०२.११एसी (वाईफाइ-५) सन् २०१३ मा सार्वजनिक गरिएको थियो। यसको ट्रान्समिसन स्पीड १.७३ जीबीपीएस थियो।
यसको दुई वर्ष पछि सन् २०१५ मा ८०२.११एसी वेभ २ सार्वजनिक गरिएको थियो। यसैताका बिमफमिङ र एमयू-एमआईएमओ फङसन व्यापक लोकप्रिय भएको थियो। यो भर्सनको वाईफाई प्रोटोकलले धेरै प्रयोगकर्ताहरुलाई हायर डाउनलोड स्पीड दिनुको साथै वाईफाइ ट्रान्समिसन रेटमा थप सुधार गरेको थियो।
वाईफाइ-६
वाईफाइ-५ को तुलनामा वाईफाइ-६ (८०२.११एएक्स)ले नेटर्वक ब्यान्डविथमा चार गुणा वृधि र प्रयोगकर्ताहरुको संख्यामा पनि गुणा वृधि हासिल गरेको थियो। यो वाईफाइ दुई वटै फ्रिक्वेन्सी ब्यान्डहरु २.४ गिगाहर्ज र ५ गिगाहर्जमा स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछ।
वाईफाइ-७
८०२.११बिई (वाईफाइ-७) विकासकै क्रममा रहेको बेलामा केहि डिभाइसहरु भने अर्लि भर्सनको रुपमा बजारमा देखिन थालि सकेका छन्।
लो ल्याटेन्सी एक्सेस प्रदान गर्ने र ल्यान नेटवर्कको थ्रपुट रेटमा ३० जीबीपीएस देखि ४० जीबीपीएस सम्म वृद्धि गर्ने वाईफाइ-७ को लक्ष्य रहेको छ। यो लक्ष्य प्राप्त गर्नको लागि सम्पूर्ण प्रोटोकलले पीएचवाई लेयर र एमएसी लेयरमा परिर्वतन गरेको छ। सोहि कारणले गर्दा यो प्रोटोकलले वाईफाइ-६ ले भन्दा दोब्बर छिटो डाउनलोड स्पीड प्रदान गर्ने क्षमता राख्दछ। यो क्षमताको कारणले गर्दा प्रयोगकर्ताहरुले २५जीबी फोरके ब्लू-रे मूभी सेकेण्डमै डाउनलोड गर्न सक्षम हुनेछन्।
प्रकाशित: १० मंसिर २०७९, शनिबार