
काठमाडौं ।
इको फ्लोले सुविधाजनक पावर स्टेशनहरु अब नेपालमा ल्याउने तयारीमा छ जसले तपाईंको जीवनलाई अझ सरल बनाउने छ।
इको फ्लो एक सुविधाजनक पावर र नवीकरणीय ऊर्जा उत्पादन गर्ने कम्पनी हो, यही कम्पनीले आज नेपालमा जन जीवनलाई उत्तम बनाउनका लागि सुविधाजनक पावर स्टेशनहरु उपलब्ध गराउन तयार रहेको जानकारी गराएको छ ।
इको फ्लोको स्थापना सन् २०१७ मा ड्रोनका अग्रणी विकासकर्ताहरुको रुपमा उदाएका उद्यमीहरुबाट गरिएको थियो । यी विकासकर्ताहरुले ड्रोन ब्याट्रीलाई हलुका, धेरै टिक्ने र सुबैभन्दा महत्वपूर्ण त अधिक शक्तिशाली बनाउनलाई काम गरेका थिए । अब, इको फ्लोले आफ्नो ज्ञान र अनुभवलाई त्यस्तो उत्पादनहरु निर्माण गर्नमा खर्चिएका छन्, जुन डिजाइनमा अब्बल, उद्योगकै पहिलो रचना र शक्तिशाली ऊर्जा भण्डारण उत्पादनहरु हुनेछन् ।
इको फ्लोले मानिसहरुको पहुँच ऊर्जामा जहाँ पनि होस् भन्ने तरिकाबाट पुनःआविष्कार गर्ने प्रयत्न गरेको छ।
इको फ्लोका रिसर्च एण्ड डेभलपमेन्ट निर्देशक थोमस चानले भन्नुभयो( विश्व अप्राकृतिक ज्ञान, विद्युतीकरण र नवीन ऊर्जातर्फ उन्मुख छ। ऊर्जाको “एक नयाँ विश्व” यी परिवर्तनहरुको बीचमा भविष्यको पर्खाइमा छ।
इको फ्लो एक महत्वाकांक्षी, पर्यावरण मैत्री र प्राविधिक तवरमा संचालित भविष्य प्रति विश्वास गर्दछ, जसको प्रत्येक व्यक्तिले स्वामित्व ग्रहण गर्दछ। इको फ्लोको अर्थपूर्ण नवीन ऊर्जा समाधानहरुको डिजाइन नै व्यक्ति व्यक्ति, परिवार र समाजमा व्यापक रुपमा प्रभाव पार्ने गरी गरिएको छ।
इको फ्लोको डेल्टा र रिभर सिरिजका पावर जेनेरेटरहरु कार्यस्थल र घरको वैकल्पिक ऊर्जा, साहसिक कार्यको लागि स्वच्छ, शान्त र नवीकरणीय ऊर्जाको औद्योगीक परिमाणका साथ उपभोक्तालाई सुसज्जित पार्नेछन्।
इको फ्लोको स्वामित्व अधिकार रहेको एक्स–स्ट्रिम प्रविधियुक्त स्मार्ट इन्भर्टरले अत्यन्त छिटो रिचार्ज हुने क्षमता राख्दछ, जुन १ घण्टाभन्दा कम समयमा ८० प्रतिशतसम्म चार्ज भैसक्नेछ भने १.६ घण्टाको अवधिमा यो पूर्णतः चार्ज हुनेछ। तपाईंले एपमा क्वाइट चार्जिङको स्तर कायम गरेर शान्तमय चार्जको अवस्थामा बदल्न सक्नु हुन्छ।
यसमा भएको अद्भूत एक्स्बूस्ट प्रविधिको सहायताले इको फ्लो सुविधाजनक ऊर्जा स्टेशनहरुले सर्वाधिक धेरै ४५०० वाटसम्मको ऊर्जा निष्कासन गर्न सक्दछन्। जसले सोही सरहको निष्कासन स्तर भएका अन्य उत्पादनहरुको दाँजोमा ज्यादा उपकरणहरु संचालन गर्ने क्षमता राख्छ।
अहिले इको फ्लोले नेपालमा डिलरहरुको खोजी गरिरहेको जनाएको छ।
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार