
काठमाडौं ।
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्र्टाअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि कार्तिक २६ गते तिनै विधाका उतकृष्ट १२ प्रतिस्प्रधीले १२ जना जुरी समक्ष प्रिजेन्टेशन र स्पिड डेटिङ सेसनमा प्रस्तुती दिएका थिए ।
स्टार्टअप आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ मा पर्न सफल कम्पनीहरु क्युरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मा पर्न सफल उत्कृष्ट ५ प्रडक्टहरुमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा पर्न सफल ५ इन्नोभेसनहरुमा आस्क म्याटरब, अटोनोमस इगल आई यूएभी, कारोबार एप, नेप्टु र साराङ्ग रहेको आयोजकले जानकारी दिएको छ । यस प्रतिस्प्रधाको पिचिङ तथा ग्राण्ड जुरी सेससनलाई यस वर्ष कान्तिपुर टेलिभिजनमा प्रशारण गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्प्रधीले आइएमइ पे र स्पारो एसएमएस मार्फत पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ । उक्त विधामा जुरीको छनौट, पब्लिक भोटिङ, डेमो र कम्पनीको अवलोकनको आधारमा सर्वोत्कृष्ट छनौट गरिने आयोजक समिति सदस्य शुसिल पोखरेलले जानकारी दिए । उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभसनहरुको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ पनि भोटिङसँगै खुल्ला हुनेछ । पल्लिक भोटिङ मसिंर ९ गते शुक्रवारदेखि मसिंर २९ गतेसम्म सञ्चालन हुने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।
यि पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरुमा छनौट प्रकृया जारी रहेको छ । यसैगरी नीजि र सरकारी शैक्षिक सस्थालाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड, सरकारी सस्थालाई डिजिटल गर्भनेन्स आइसिटी अवार्ड र कर्पोरेट क्षेत्रको लागि डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरुमा पनि समावेश छन । १३ विधामा प्रदा नगरिने आइसिटी अवार्ड २०२२ को लागि ३ महिनादेखि विभिन्न चरणका छनौट प्रकृयाहरु जारी छन । गत कार्तिक १८ र १९ गते सयबढि स्टार्टअपहरुको संलग्नतामा स्टार्टअप फेस्ट पनि आयोजना भएको थियो ।
यस वर्ष दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को पनि घोषणा गरिएको छ । यस विधामा ७ वटादेशहरुबाट ५० बढिको नोमिनेशन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । विभिन्न देशका विज्ञहरुको संलग्नतामा यस विधाको विजेताको लागि छनौट प्रकृया सञ्चालन भइरहेको जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । उत्कृष्ट ५ साउथ एसियन स्टार्टअपहरु ग्राण्ड फिनालेको लागि नेपाल आउनेछन्।
लिभिङ विथ आइसिटीले आयोजना गरेको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ एन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआरको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यो कार्यक्रम विभिन्न टेलिभिजन, अनलाइन र एपहरु मर्फत प्रत्यक्ष प्रशारण हुने जनाइएको छ ।
कसरी गर्ने पब्लिक भोटिङ ?
स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ विधाका उत्कृष्ट ५ लाई आइएमइ पे र स्प्यारो एसएमएस मार्फत भोटिङ गर्न सकिनेछ । यि ३ विधामा भोट गर्न प्रत्येक दिन एउटा आइडीबाट एक विधामा एउटा प्रतिस्प्रधीलाई मात्र भोट गर्न सकिनेछ ।
३ वटै विधाका उत्कृष्ट १२ प्रतिस्प्रधीहरुलाई पल्लिक च्वाइस आइसिटी अवार्ड २०२२ विधामा भोट गर्न सकिनेछ । यस विधामा जतिपनि भोट गर्न पाइने व्यवस्था रहेको छ । यस विधाको लागि गत स्टार्टअप फेस्टमा अवलोकनकर्ताले गरेको भोटलाई पनि आधार मानिनेछ । भोट गर्नको लागि आइएमइ एप डाउनलोड गरेर आइसिटी अवार्ड २०२२ छनौट गरी त्यसमा विधा छनौट गरेपश्चात प्रतिस्प्रधीको नाम देखिनेछ । आफुलाई मन परेको प्रतिस्प्रधीलाई भोट गर्न सकिनेछ । यसैगरी एसएमएसबाट भोट गर्न कम्पनी वा प्रडक्टको भोटिङ कोड अनुसार क्ष्ऋत् टाइप गरी भोटिङ कोड लेखेर ३३००१ मा पठाउनुपर्ने जनाएको छ।
प्रकाशित: ८ मंसिर २०७९, बिहीबार